नेपाली बजारमा भित्रियो ‘मिनिमी बेबी पेन्ट’

नेपाली बजारमा भित्रियो ‘मिनिमी बेबी पेन्ट’


बेलायतमा निर्माण भएको मिनिमी बेबी पेन्ट (डाइपर) नेपाली बजारमा लञ्च भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले राजधानीको हायात प्यालेसमा ‘मिनिमी बेबी पेन्ट’ लञ्च गरेका छन् ।

उच्च गुणस्तरका चार साइजमा यो डाइपर नेपालभर ५१ वटा अधिकृत बिक्रेतामार्फत बिक्री सुरु भएको छ । यो ब्राण्डको डाइपर नेपाल भित्र्याउने सफ्टी हाइजिन प्रालिले मिनिमी बेबी पेन्ट देशका सबै पालिका र वडासम्म पुऱ्याउने जनाएको छ ।

मिनिमी बेबी पेन्ट (डाइपर) स्मल, मेडियम, लार्ज र एक्स्ट्रा लार्ज साइजमा उपलब्ध छन् ।

नेपाली बजारमा पछिल्लो समय डाइपरको माग बढ्दो छ । नेपाली समाज दिनप्रतिदिन शिक्षित बन्दै गएको र स्वास्थ्यमा सचेतताका कारण बालबालिकालाई सहजताका डाइपरको प्रयोग बढ्दो छ । बजारमा यसको माग वृद्धिसितै सफ्टी हाइजिन प्रालिले बेलायतबाट यसको आयात सुरु गरेको कम्पनीका अध्यक्ष यादव घिमिरेले बताए ।

यो डाइपरमा थ्रिडी एवजर्वेण्ट कोर भएको, सुपर सफ्ट, ब्रिदेबल मटेरियल, डबल लिक गार्ड र डिस्पोजल टेप रहेका छन् । जसलाई उच्च गुणस्तरको मानिन्छ ।