नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु. पाँच र पेट्रोलमा प्रतिलिटर रु. चारले भाउ घटाएको हो ।
भारतीय आयल निगमबाट आइतबार (३० भदौ) प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो ।
निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।
प्रतिक्रिया