सानिमा बैंक लालबन्दी शाखाद्वारा छात्रवृत्ति प्रदान

सानिमा बैंक लालबन्दी शाखाद्वारा छात्रवृत्ति प्रदान


सानिमा बैंकले २०६८/६९ देखि काठमाडौं उपत्यकाबाहिर रहेका प्रत्येक शाखाबाट कक्षा ११ र १२ अध्ययनका लागि २/२ जना विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा यस वर्ष पनि सानिमा बैंक लालबन्दी शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत सर्लाही जिल्लाका दुई जना विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको छ ।

विभिन्न निकायका प्रतिष्ठित व्यक्तिहरू सम्मिलित छनौट समितिद्वारा सुश्री सलिना चौधरी र सुश्री समीक्षा ढुंगेललाई सर्वसम्मत निर्णयबाट छात्रवृत्तिका लागि छनौट गरिएको बैंकका शाखा प्रबन्धक प्रितम त्रिपाठीले जानकारी दिए ।

उक्त छात्रवृत्तिअन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति रु. २,००० (प्रतिमहिना) गरी प्रत्येक विद्यार्थीलाई रु.५०,००० सम्मको छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

ज्ञातव्य छ, सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।