राजधानीमा चाडपर्व : १५ सय खसीबोका र ३ सय च्याङ्ग्रा भित्र्याइने

राजधानीमा चाडपर्व : १५ सय खसीबोका र ३ सय च्याङ्ग्रा भित्र्याइने


  • सुरेन्द्र सुवेदी, काठमाडौं

आसन्न दशैं, तिहार र छठसमेतका पर्वमा राजधानीबासीका लागि १ हजार ५ सय खसी बोका र ३ सय च्याङ्ग्रा ल्याइने भएको छ । च्याङ्ग्रा मुस्ताङ र खासी बोका, हेटौंडा र दाङबाट ल्याउने तयारी छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार खसी बोका र च्याङ्ग्राको माग बढी भएमा थप ल्याउन पनि सकिने छ । कम्पनीले गत वर्षको चाडपर्वमा लागि १ हजार ६ सय खसी तथा बोका र ५ सय च्याङ्ग्रा ल्याएको थियो । ल्याएका यी चौपायामध्ये चाडपर्वमा केही बिक्री भएका थिएनन् र चाडपर्व सकिएपछि बिक्री गरिएको थियो । त्यही भएर यस पटक तीन सयवटा कम ल्याउन लागेको कम्पनी जनाउँछ ।

खाद्यले ४२ जिल्लामा ६१ वटा सुपथ मूल्य पसल गर्ने छ । असोज दोस्रो साता लाग्नेबित्तिकै यस्ता पसल सञ्चालनमा ल्याउने तयारी छ । कम्पनीकी प्रवक्ता सर्मिला सुवेदीका अनुसार खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ भने सहुलियत दरमा चामल, दाल, तेल, नुनसमेत उपभोक्तालाई उपलब्ध गराइने छ । घिउ, तेल, स्थानीय कृषि उपजहरुमा प्रतिकिलो ७ रुपैयाँ र चामलमा प्रति किलो ५ रुपैयाँ छुट दिने तयारीमा कम्पनी रहेको प्रवक्ता सुवेदीले घटना र विचारलाई बताइन् ।

खाद्यसँगै दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङले पनि सहुलियत मूल्यमा सामान बिक्री गर्नेछन् । मङ्गी नियन्त्रण गर्न सरकारले अनुगमनलाई तीब्रता दिने तयारी गरेको जनाइसकेको छ । चाड पर्वको समयमा मङ्गी बढ्नेदेखि कृतिमअभाव सिर्जना हुने गरेको पाइन्छ ।