फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य


स्थानीय बजारमा सुनको मूल्य पुनः वृद्धि भएको छ । बिहीबार प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ रहेकोमा आज शुक्रबार (४ असोज) सुनको मूल्य तोलामै १५ सयले वृद्धि भइ प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।