सुख्खा पहिरोले पृथ्वीराजमार्ग पुनः अवरुद्ध

सुख्खा पहिरोले पृथ्वीराजमार्ग पुनः अवरुद्ध


पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाऊँपालिका-२ मलेखु र फुर्खे खोलाको बिचमा सुख्खा पहिरोले सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङको गजुरी गाऊँपालिका-२ मलेखु र फुर्खे खोलाको बीच स्थानमा पर्ने सडकमाथिबाट ढुंगामाटो सहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

प्रहरीका अनुसार अहिले पहिरो पञ्छाउने काम भइरहेको छ । सुख्खा पहिरोको कारण सडक अवरुद्ध भई सवारी साधन राजमार्गमै रोकिएर आम यात्रु बिचल्लीमा परेका छन् ।