मातृभूमिमा हाम्रो सोच र सहकार्य – २

मातृभूमिमा हाम्रो सोच र सहकार्य – २


मानिसको जीवनमा सातवटा कुराहरूको महत्वपूर्ण लगानी रहेको हुन्छ । त्यसलाई यसरी बुझ्नुपर्छ-

१. भगवानको लगानी –

भगवानले हामीलाई मानिसको चोलामा जन्माइदिएको छ । भगवानसंगको हाम्रो लगाव जहिलेसम्म रहिरहन्छ, वा अर्को शब्दमा भगवानले जहिलेसम्म हामीलाई आशीर्वाद दिइरहन्छन् हामी यो भूमिमा जीवित रहिरहन्छौं ।

२. आमा बुवाको लगानी –

हरेक मानिसको जीवन निर्माणमा आमाबुवाको ठुलो योगदान रहेको हुन्छ । आमाबुवाको कारण हाम्रो जन्म भएको हो, पालन पोषण भएको हो । अर्को शब्दमा भन्नु पर्दा महिला र पुरुषको उपज हौं हामी ।

३. प्रकृतिको लगानी –

मानिसको अस्तित्व राखिराख्न प्रकृतिको ठुलो योगदान रहन्छ । हरेक पल हामीलाई चाहिने प्राणवायु प्रकृतिले निरन्तर प्रदान गरि रहेको हुन्छ । यहाँ एउटा बैग्यानिक तथ्य राख्न चाहन्छु, प्रकृतिमा एउटा ठुलो हुर्केको बृक्षले औषत रुपमा २४ घण्टामा साढे दुई किलो अक्सिजन उत्पादन गर्न सक्छ । जब कि एकजना मानिसलाई २४ घण्टा बाँच्नका लागि १६ किलो अक्सिजन आवश्यक पर्दछ । यसको अर्थ १६ किलो अक्सिजन उत्पादनका लागि हामीलाई ७ वटा बिरुवा आवश्यक पर्न जान्छ । एकजना मानिस १०० बर्ष बाँच्नका लागि १०० बर्ष सम्म ठुल-ठुलो ७ बृक्ष हुर्कि रहनु पर्‍यो । यस कारण पनि पृथ्बीमा बाँच्ने हरेक मानिसले ठुलो ७ बृक्ष त हुर्काई नै राख्नु पर्‍यो । नत्र प्रकृतिको ऋण हामीमाथि रहिरहने देखिन्छ ।

४. गुरुको लगानी –

यहाँ गुरु शब्दले मानिसलाई जानकार बनाउने कार्यलाई संबोधन गरिएको छ । हाम्रो गुरु आमा बाबु, समाज, साथिभाइ, शिक्षक, स्वयं आफैं, घटना, समस्या जो पनि हुन सक्छन । यस गुरुको कार्यले हाम्रो जीवन उत्कृष्ठता तर्फ अगाडी बढी रहेको हुन्छ ।

५. राष्ट्र र समाजको लगानी –

समाजले मानिसको अनुशासन कायम राखेको हुन्छ, मानिसलाई हौसला प्रदान गरेको हुन्छ, बाँच्न प्रेरित गरेको हुन्छ, संघर्षशील हुने उर्जा प्रदान गरेको हुन्छ इत्यादि । राष्ट्रले हरेक मानिसलाई पहिचान दिएको हुन्छ, एउटा गौरव, सामुहिक बल, उर्जा, अभियान र मार्गदर्शन दिएको हुन्छ ।

६. भूमिको लगानी –

हामी जीवनपर्यन्त यस भूमिमा बस्छौं । जिवनका हरेक कृयाकलाप हामी यस धर्तिमा नै गरिरहेका हुन्छौं । मरणोपरान्त पनि हामी यसै भूमिमा बिलिन हुन्छौं । यस भूमिबाटै उब्जेको अन्नपानी खान्छौं । यसकारण यस भूमिको हाम्रो जिवनमा ठुलो योगदान रहेको छ ।

७. स्वयंको लगानी –

यसरी ६ वटा पक्षबाट पाएको हाम्रो यो जीवन लाई धन्य बनाउन हामि आफैंले पनि यो जीवनमा लगानी गर्नु पर्दछ । जीवनलाई राम्रो बाटोमा डोर्‍याउनु, जीवनमा राम्रा कामहरू गर्नु, राम्रो संगत गर्नु, उपलब्धीहरू हासिल गर्नु र सफल जीवन बनाउनु हाम्रो आफ्नै पनि कर्तब्य हुन आउँछ यो जीवनका लागि । हाम्रो आफ्नो लगानीले यो जीवन अझै उपलब्धीमूलक हुन जानेछ ।

हाम्रो जीवनका छ वटा लगानीकर्ता भगवान, आमा बाबु, प्रकृति, गुरु, राष्ट्र र समाज र भुमि रहेका छन् । यिनैको योगदानले हामि (सातौँ) यस धर्तिमा छौँ । हामि लगायत भगवान, आमा बाबु, प्रकृति, गुरु, राष्ट्र र समाज यसै भुमि माथि भएकोले यस अभियानको नाम ‘मातृभूमि अभियान’ राखिएको हो । यस अभियानमा हामिले २४ घण्टाको समयबाट सबै ७ वटा क्षेत्र (स्वयं, भगवान, आमा बाबु, प्रकृति, गुरु, राष्ट्र र समाज र मातृभूमि) प्रतिको दायित्व निर्वाहका लागि समय छुट्टयाउनु पर्दछ जुन हाम्रो कर्तब्य हुन आउँछ ।

हाम्रो पूर्वीय दर्शन, बिभिन्न धार्मिक शास्त्र र परम्परा अनुसार भनिएको छ कि हरेक मानिसमा भगवानको अंश (आत्मा) को बास रहेको हुन्छ । भनिन्छ- आत्मा मानिसको शरीरमा रहुन्जेल मानिस जीवित हुन्छ, आत्माले छाडे पछि मानिसको देहावसान हुन्छ । आत्मा मानिसको शरीरमा रहुन्जेल (भगवानकोअंश) आत्मामा जुन गुणहरू हुन्छन् ती गुणहरू तीव्र चाहनाको रुपमा हरेक मानिसमा रहेका हुन्छन् ।

अब यहाँ ब्याख्या गरौं कि इश्वरको अंश, आत्मा यानि भगवानमा के गुणहरू रहेका हुन्छन त ? यसको ब्याख्या श्रीमदभगवद गीतामा उल्लेख गरिएको छ । एक पटक परासर ऋषिले अध्ययन गरेछन र भगवानको परिभाषा यस प्रकारले गरेका रहेछन । त्यो केन्द्र वा परिकल्पना जसमा निम्न गुणहरू एउटैमा रहेको हुन्छ त्यसलाई भगवान मान्न सकिन्छ भनेर उनले ब्याख्या गरे ।

सुन्दर – संसारमा भगवान भनेको त्यो हो जुन सबै भन्दा सुन्दर हुन्छ । मानिसले गरेको सुन्दरताको कल्पना भन्दा पनि बढी सुन्दर हुन्छ ।

शक्तिशाली – भगवान संसारमा यति शक्तिशाली हुन्छ कि त्यसले जे पनि गर्न सक्छ । भगवानको शक्तिको कल्पना पनि गर्न सकिँदैन । जे पनि गर्न सक्छ ।

विद्वान् – भगवान् यति विद्वान् हुन्छ कि उसलाई थाहा नभएको कुनै कुरै हुदैन । संसारमा रहेको अहिलेको सम्पूर्ण ज्ञान, मानिसले अहिले गरेका आविस्कार, बिग्यान, खोज त भगवानमा भएको विद्वताको अगाडी केही पनि हैनन । मानिसको मनको कुरा बुझ्नु भगवानको लागि केही पनि हैन । कति थाहा छ कति, हाम्रो कल्पना भन्दा पर ।

प्रख्यात – भगवान यति प्रख्यात हुन्छ कि श्रृष्टिका सारा प्राणि जगत सबैलाई थाहा हुन्छ भगवानको बारेमा । यसलाई अर्को शब्दमा भन्दा भगवान सर्बव्यापी हुन्छ । ब्रह्माण्डको कण-कणमा भगवान हुन्छ ।

धनी – संसारमा भगवान जत्तिको धन अरु कसैसंग वा कतै हुन सक्दैन । अहिलेको समयमा संसारभरिमा रहेको कुल धन त भगवानको सामुन्ने केही पनि हैन, भगवानसंग रहेको धनको तुलना मा नगण्य हो ।

त्यागी – भगवान यति त्यागि हुन्छ कि माथि उल्लेख भएका ५ वटै कुराहरू कसैलाई सम्पूर्ण रुपमा दिई दिन सक्छ । सबै कुरा त्याग गर्न सक्छ । सबै संगको छलफलबाट निस्केको एउटा कुरा हामिले तल थप गरेका छौं ।

अमर – भगवान अमर हुन्छ । मृत्यु भन्ने कुरा भगवानमा हुँदैन । (विद्वानहरूसंगको छलफल बाट आएको कुरा राखिएको) । मानिसमा आत्मा (भगवानको अंश) को बास हुने भएकोले मानिसले भगवानमा रहेका क्षमताहरू प्राप्त गर्ने अति तिब्र चाहना राखेको हुन्छ । मानिस शुन्दर हुन, सके सम्म प्रयासरत रहेको हुन्छ, शक्तिशाली बन्ने अति तिब्र चाहना राख्छ, बिद्वान हुन खोज्छ, प्रख्यात हुन खोज्छ, धन कमाउने तिब्र ईच्छा राखेको हुन्छ, त्यागि पनि बन्न खोजेको हुन्छ र सदैव अमर हुन खोजेको पनि हुन्छ ।

अब मातृभूमि अभियानको चर्चा गरौँ –

यो अभियान माथि चर्चा गरेका ७ वटा कुराहरू (स्वयं, भगवान, आमाबाबु, प्रकृति, गुरु, राष्ट्र समाज र मातृभूमि) का लागि थालनी गरिएको छ । यो राष्ट्रिय अभियानको रुपमा थालनी हुनेछ । जीवनका दायित्वहरू पुरा गर्ने क्षेत्रहरू ।

१. व्यक्तिका लागि – कुनै पनि मानिसले चाहेका सबैकुराहरू (सुन्दर, शक्तिशाली, बिद्वान, प्रख्यात, धनी, त्यागि र अमर) प्राप्त गर्न नसक्ला । तर जसको जे मा संभावना छ, उस लाई त्यसको उचाईमा पुग्ने संभव भए सम्मका अवसरहरू प्रदान हुने कार्यक्रमहरू संचालन गर्ने । यस अन्तरगत गर्न सकिने कार्हरु यस प्रकार हुन सक्छन् ।

स्वस्थ शरीरका लागि गरिने नित्य सत्कर्महरू (दैनिक नियमित शारीरिक व्यायाम, सन्तुलित आहार बिहार, पूर्ण आराम, सकारातम्क सोंच, शुन्दर पहिरन तनाव रहित जीवनशैली, जीवनमा सुरक्षा र सावधानी आदि) स्वस्थ मस्तिष्कका लागि गरिने नियमित कार्यहरू (नियमित शुन्दर परिकल्पना, योग, लेखन, पठन पाठन, अध्ययन, योजना निर्माण, बिभिन्न कार्यको बिश्लेषण जीवनको लक्ष्य निर्धारण कार्यआदि) आँटिलो, अबिचलित जीवनशैली (कर्तब्यबोध, कर्तब्यपरायणता, प्रतिबद्धता, चिन्तनमनन, ध्यान, साधना, अठोट, निर्णायक क्षमताको बिकास, त्याग र समर्पणको बिकास आदि) आदर्श ब्यवहारको अनुपालन (बोली बचन, दया प्रेम, सेवा सहयोग, आदर सम्मान, ऐक्यबद्धता, समझदारीको भरपुर बिकास आदि) जीवनमा उपलब्धी हाँसिल गर्न सकिने कार्यमा सहभागी गराउने । आर्थिक स्वतन्त्रताको बाटोमा अगाडि बढने कार्यहरूमा सहभागि गराउने ।

‘हरेक ब्यक्तिले आफुसंग हुने २४ घण्टाको समय आफ्ना लागि खर्च गर्न तया र हुनैपर्ने हुन्छ’ यो यस अभियानका लागि आधारभूत मान्यता हो ।

२. भगवानको लागि – भगवान्को लागि हामिले गर्न सक्ने त शायद केही होला । तर पनि पूर्वीय दर्शन अनुसार इश्वर प्रतिको हाम्रो दायित्व, आस्था, श्रद्दा भक्ति र सम्मानका खाँतिर निम्नानुसार गर्ने ।

३. नेपालमा रहेका सबै धर्म जात जातिका पूजा पाठ गर्ने स्थलहरू, मठ-मन्दिरहरूको सरसफाइ, सुन्दरता बढाउने खालका कार्यक्रमहरू संचालनमा ल्याउने ।

४. देवीदेउताका शक्तिपीठहरूको प्रचारप्रसारका कार्यक्रमहरू गर्ने ।

५. शक्तिपीठहरूमा पूजा अराधनाका कार्यक्रमहरू गर्ने ।

६. पूर्वीय दर्शन, धर्म तथा संस्कृतिहरूको जगेर्नाको कार्यक्रम गर्ने ।

७. देशभरिका १०८ वटा मुख्य मुख्य मन्दिरहरूमा धार्मिकबृक्ष (रुद्राक्ष, बेलपत्र, बोधिचित्त, श्रीखण्ड, स्वामी, चन्दन, पारिजात, अशोक, पैँयु, वर, पिपलआदि) रोपण गर्ने ।

८. मुख्यमुख्य शक्तिपीठहरूमा सूचना प्रविधिको प्रयोगबाट अनलाइन पुजा गर्ने ब्यवस्था गर्ने ।

९. श्रद्धालु भक्तजनहरूका लागि धार्मिक पर्यटनको प्याकेजको विकास गर्ने ।