बाढी/पहिरोको विपत्तिमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुग्यो

बाढी/पहिरोको विपत्तिमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुग्यो


हालैको बाढी/पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुगेको छ भने १९ जना अझै बेपत्ता रहेका छन् ।

गृह मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बाढी/पहिरोबाट १७९ जना घाइते भएका छन् । त्यसैगरी विपत्तिप्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतक परिवारलाई जनही दुई लाखका दरले सहायता रकम उपलब्ध गराएको छ । मन्त्रालयका अनुसार हालसम्म यो सहायता १६० परिवारले पाइसकेका छन् ।

त्यसैगरी, बाढी/पहिरोका कारण देशका विभिन्न जिल्लाका १० भन्दा बढी सडक अझै पूर्ण रुपमा अवरुद्ध रहेका छन् भने ति सडक खुलाउने प्रयास जारी रहेको छ ।

photo: rss