थाइल्यान्डको उत्तरपूर्वी मुकदाहान प्रान्तमा ११ वर्षीय बालकले आफ्ना अभिभावकको पिकअप ट्रक अनुमतिबिना चलाउने क्रममा धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा आठ भिक्षुको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । घटनापछि प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार ३५ जना भिक्षु र पाँच जना सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सडक किनार हुँदै हिँडिरहेका बेला बालकले अनुमतिबिना चलाएको पिकअप ट्रक नियन्त्रणबाहिर गई जुलुसमा ठोक्किएको थियो । दुर्घटनामा पाँच भिक्षुको घटनास्थलमै मृत्यु भएको थियो भने थप तीन जनाले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका हुन् । घाइतेहरूको मुकदाहान अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया