भाटभटेनीका मीनबहादुरद्वारा उपलब्ध जमिनमा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास

भाटभटेनीका मीनबहादुरद्वारा उपलब्ध जमिनमा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास


प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका छन् ।

भाटभटेनी सुपरमार्केटका मालिक गुरुङले उपलब्ध गराएको १० रोपनी १४ आना जग्गामा एकालेको केन्द्रीय भवन निर्माण हुन लागेको हो ।

एमालेका महासचिव शङ्कर पोखरेलका अनुसार हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेको हो ।

विवादास्पद व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको प्रतिक्रिया दिएका छन् । एक वर्षभित्र भवन निर्माण गर्ने उनको भनाइ छ ।

तस्बिर : रासस