विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति छ ? यिनलाई थाहा छैन । गौतम बुद्ध कहाँ जन्मेका हुन् ? यसबारेमा पनि यिनी अनविज्ञ छिन् । तर, ब्लू फिल्मबारे सोध्नुस् यिनलाई कण्ठस्थ छ । यिनी अर्थात् जिया केसी ।
झापा घर भएकी जियाको पहिले नाम थियो जानकी । काठमाडौंमा प्रवेश भएपछि यिनी भइन् जिया । त्यसो त बाबुआमाले राखिदिएको आफ्नो नाममाथि गर्व नगर्ने अनि सिनेमा खेलाइदिने लोभमा निर्देशकरूपी परायाले दिएको नाममाथि गर्व गर्नेबाट अरू बढी के नै आशा गर्न सकिन्छ र ? त्यसो त अब आफैंबाट पनि यिनले आशा मारिन् जस्तो छ, त्यसकारण पनि हेर्दा निकै शालीन, भद्र अनि भलाद्मी लाग्ने जिया यतिबेला भने बेग्लै ढङ्गले खुलेर प्रस्तुत हुन थालेकी छिन् । सिनेमामा यस्तो दृश्य दिन पनि उनी अब पछि नहट्ने रे । ‘हो, कथाले माग्यो भने म बेडसिन दिन पनि तयार छु,’ यसै भनिन् उनले । तर, बेडसिन कथा आफैंले माग्ने हो कि कथा लेख्ने लेखकले ? त्यसमा भने उनी नाजवाफ भइन् ।
चलचित्र एटीएमको यो दृश्यमा हेर्नुस् जियाले नायक दिनेश थापासँग टङ किस गरेको । कथाले कहाँ माग्नु यस्तो दृश्य ? सुन्दा पनि अचम्म । किस अनि म्वाइँ वा चुम्नु भनेको माया दर्शाउने वा देखाउने प्रतीकात्मक हो तर यहाँ किस खानकै लागि फिल्म बनाएको र फिल्म खेल्नकै लागि किस खान दिएको जस्तो देखिन्छ । कहाँ छ यहाँ शालीनता अनि चुम्बन माया ? यो दृश्य चलचित्रमा आठ मिनेट लामो छ भनिन्छ । यदि सेन्सर बोर्डले कैंची चलाएन भने यो दृश्य दर्शकहरूले एकाग्र भएर कसरी हेर्न सक्लान् ?
नेपालको सेन्सर बोर्डलाई नै चुनौती दिँदै यस्ता सी गे्रडका सिनेमा निर्माणमा बाढी आउन थालेको छ । यसतर्फ समग्र चलचित्र उद्योग नै लागिपर्नुपर्ने अवस्था आएको छ । यसरी यस्ता दृश्यको बजारमा आलोचना भइराख्दा पनि यस्तो दृश्य दिने जियालाई भने कुनै सङ्कोच र आपत्ति छैन । उनी भन्छिन्– यो त युवापुस्ताको माग हो ।
‘हामीले आधुनिक युवाको प्रतिनिधित्व गरेका हौँ’ भन्ने जियालाई अर्को प्रश्न सोधियो– उसो भए एउटा बेडमा राति लोग्ने–स्वास्नीबीचको सम्बन्धलाई सडकमा ल्याउने ? उनी फेरि नाजवाफ भइन् । युवाको प्रतिनिधित्व गरेको भन्दै विकृति र विसङ्गति फैलाउने दृश्यहरूमा काम गरेर नाम कमाउने यिनीहरूको सपना पूरा नहुने देखिन्छ । नाम त चल्ला तर नकारात्मक तरिकाले । यो कुरा यिनीहरूले बुझ्नुपर्ने देखिन्छ ।
जिया केसी दिनेश थापासँग यस्तो सिन दिन्छिन् तर कुन नायक कामुक लाग्छ भन्दा जवाफमा भने राजेश हमाल र सुमन सिंह भन्छिन् । उनले नीलो चलचित्र हेरेको कुरा पनि रामायण र महाभारत हेरेको भन्दा गर्व भएझैँ गरी बताइन् र भनिन्, ‘ब्लु फिल्म हेर्दा मलाई काउकुती लाग्यो उ’ यसैबीच यस्ता विकृति र विसङ्गति फैलाउने सिनेमाहरू निर्माण भइरहने क्रममा यस्तै अर्को एउटा सिनेमा बन्यो द लास्ट किस । नाम नै भल्गर प्रतीत हुने यो सिनेमालाई सेन्सर बोर्डले फेल गरिदिएपछि निर्माता टाउकोमा हात राख्न बाध्य भएका छन् । यसका लागि चलचित्र मात्र दोषी होइन बरु निर्माता, निर्देशक अनि कलाकार पनि त्यसका भागीदार हुन् । वास्तवमा यस्ता समूहलाई नेपाली सिने क्षेत्रले तिरस्कार नै गर्दा राम्रो होला कि ?!
हिरो ओठ चुस्ने हिरोइन हल्ला गर्ने !
आफ्नो गोप्य कुराहरू कसैले थाहा पाएर हल्ला गरिदियो भने मानिस रिसाउँछन् । समाजमा त्यो कुराले गलत परिणाम निम्त्याउला वा गलत सन्देश जाला भन्ने त्रास मानिसमा हुन्छ । तर, नेपाली सिनेमामा बिनाअध्ययन, त्याग र दुःख नगरी आएका केही नवप्रवेशी भने सिनेमा रिलिज हुनुभन्दा अगाडि नै आफ्नो कुराहरू वा सिनेमाभित्रका दृश्यहरू गर्वका साथ बताउन पछाडि हट्दैनन् ।
सविना कार्की नामकी एउटी युवती अहिले सिनेमा एटीएममा आफूले दिएका किस र बेडसिनबारे ठूलै महान् काम गरेजसो गरी बखान गर्दै हिँड्न थालेकी छिन् । कुनै सिनेमाको शुभसाइतमा निर्देशक शोभित बस्नेतले ‘सेक्सी’ नायिका भनेर चिनाउँदा दङ्ग पर्ने अनि खुसी भएर स्टेजमा पुग्ने यिनै सविनाले पछिल्लोपटक एउटा सिनेमा खेलिन् ‘एटीएम’ । पूरै अश्लील दृश्य र संवादले भरिपूर्ण यो चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले रोक लगाउने निश्चित छ तर सविनाले भने यो चलचित्रमा आफूले दिएको किसिङ दृश्यबारे यसो भनिन्, ‘दिनेशले कति लामो समय मेरो ओठ चुस्यो, ओठ नै सुन्नियो ।’ सविनाको यो भनाइ सुनेपछि अर्को सिनेमाको युनिट गलल्ल हाँसेको थियो । त्यहाँ कुरा पनि चल्यो, ‘सिनेमा खेल्नका लागि न त कथा हेर्ने न त आफ्नो भूमिकाबारे जानकारी नै माग्ने उ फिल्म खेल्ने लोभमा जस्तो सिन पनि दिनेहरूको जमात बढेपछि यस्ताबाट के आशा राख्ने ?’
यति मात्र होइन सविनाले त आफ्नो किसिङ दृश्यको छायाङ्कनको समयमा मिडियालाई पनि खबर गर्न भ्याएकी थिइन् । उनले त्यतिबेला भनिन्, ‘आज मेरो भयङ्कर सिन छ, आउनु है उ’ सिनेमामा काम गर्ने एउटी नयाँ युवतीले यस्तो आग्रह गरेपछि केही मिडियाकर्मी त गए तर सिन रहेछ त्यस्तो । उनीहरूको निचोड थियो– ‘यस्ता विकृति फैलाउनेलई किन साथ दिने ?’ सिनेमा खेल्न पाइन्छ भने किसिङ र बेडसिनलाई सामान्य मँन्ने यस्ता केही कार्कीहरूको उपस्थितिप्रति अब सिनेमाकर्मी एक हुने भएका छन् । नेपाली सिनेमाको बजारमा विस्तार हुने क्रममा अन्तर्राष्ट्रिय बजारमा यस्ता ‘सी गे्रड’का सिनेमा निर्माणमा रोक लगाउनुपर्ने कुराहरू पनि चलचित्र क्षेत्रसँग आबद्ध सङ्घ÷संस्थाहरूले आवाज उठाइरहेका छन् । गलत सन्देश प्रवाह गर्ने अनि नेपाली चलचित्रप्रति हेर्ने दृष्टिकोण पनि गलत हुन् भने यस्ता सिनेमा किन खेल्छन् र किन बनाइन्छ ? अचम्म छ ।
सिनेमामा ‘सी गे्रड’का दृश्य दिने यस्ता युवतीलाई समाजले हेर्ने दृष्टिमा पनि परिवर्तन आउने निश्चित छ । आफूहरूलाई गलत दृष्टिले हेरिन्छ भन्ने कुरा यिनीहरूले बुझेको पाइँदैन । यद्यपि एक–दुईजना यस्ताहरूको उपस्थितिले सबै नायिकालाई यिनीहरूकै नजरले हेर्न भने मिल्दैन । किनभने जिया केसी अनि सविना कार्कीहरू नेपाली सिनेमाका प्रतिनिधि अवश्य होइनन् । यस्ताले गर्दा नै भोलि सकारात्मक सोच, मान्यता अनि धारणा लिएर नेपाली सिनेमामा आउन खोज्नेहरूको ‘मुड’मा पनि परिवर्तन आउन सक्छ । त्यसकारण समग्र चलचित्र क्षेत्रले यस्ताहरूलाई साथ, सहयोग अनि भर दिनुहुन्न र सेन्सर बोर्डले पनि समाजमा विकृति फैलाउने यस्ता सिनेमाको प्रदर्शनीमा रोक लगाउनुपर्छ ।
अञ्जुद्वारा नाङ्गिएको अस्वीकार
मीठो स्वरकी धनी गायिका अञ्जु पन्तको जस्तै अनुहार भएको एक ‘हट सिन’ले गत शनिबार फेसबुक सञ्जाल रनक्कै तात्यो । तस्बिर हेर्नुस्, यो तस्बिरमा देखिएकी युवती के अञ्जुजस्तै छैनन् त ? धेरैले तस्बिरमा देखिएकी कामुक युवती अञ्जु नै हुन् भन्ने ठाने । बरु अञ्जुको यौनपार्टनर यो पुरुषचाहिँ को रहेछ भन्ने जिज्ञासा पनि धेरैले राखेको पाइयो । यसले शनिबार राति अञ्जुका प्रशंसकहरूलाई भने निकै तनाव दियो । प्रशंसकहरूले उनलाई फोन गरे तर अञ्जुको मोबाइलमा सम्पर्कै भएन । मोबाइल नलागेपछि झनै शङ्का–उपशङ्काहरू थपिए । भोलिपल्ट आइतबार अञ्जुलाई सम्पर्क गर्दा उनले भनिन्, ‘काठमाडौंबाहिर कार्यक्रम प्रस्तुत गर्न जाँदा मेरो मोबाइलको ब्याट्री सकिएर मोबाइल अफ भएको थियो । तर, काठमाडौंमा त नानाथरीका कुरा चलेछन् । यो तस्बिर मेरो होइन र म यस्ती महिला पनि होइन ।’ ‘उसो भए यो तस्बिर फेसबुकमा राखेर गायिका अञ्जु पन्त भनेर सम्बोधन कसले ग¥यो त ? अझ भिडियो पनि हेर्ने हो ? भनेर कसले हल्ला ग¥यो त ?’ भन्ने जिज्ञासामा दिक्क मान्दै उनले भनिन्, ‘यसमा त म पूरै अनविज्ञ छु । मेरा शत्रु नै धेरै भए । म त तिनछक्क परेकी छु । मेरो इज्जतमाथि किन यस्तो खेल खेलेको होला ?’
हालसालै मात्र श्रीमान्सँग सम्बन्धविच्छेद गरेकी अञ्जु समय–समयमा विवादमा पर्ने गरेकी छिन् । यस्ता प्रसङ्गहरूका कारण पनि प्रस्तुत तस्बिर अञ्जुकै हो भनेर विश्वास गर्नेहरू बढेका हुन् ।
रामले मारे छलाङ
हरेक क्षेत्रमा उत्तिकै निपुण मानिन्छन् राम गौतम । उनी अभिनय गर्छन्, निर्देशन गर्छन् अनि सम्पादन पनि । स्याङ्जाका राम लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । ‘आफूमा हरेक कुराको ज्ञान भयो भने अरूको मुख ताक्नुपर्दैन भन्ने मान्यता मेरो छ,’ रामले भने
रामले अहिलेसम्म एक सयभन्दा बढी म्युजिक भिडियोको सम्पादन गरिसकेका छन् भने पचासभन्दा बढी म्युजिक भिडियोहरूमा उनले अभिनय गर्न भ्याइसकेका छन् । निर्देशन पनि आधा दर्जन म्युजिक भिडियोको गरिसकेका छन् । पछुतो नामक भिडियोको चलचित्रका नायक तथा निर्माता राम अब अभिनय क्षेत्रलाई निरन्तरता दिने योजनामा छन् । ‘अहिले म शैक्षिक चलचित्र कसको कर्तव्य के को सम्पादन गरिरहेको छु भने शोभित बस्नेतको चलचित्र जाउँ हिँड पोखरामा खेल्दै छु,’ उनले आफ्नोबारेमा भने ।
प्रतिक्रिया