सामान्य विवादमै महिलाद्वारा खुकुरी प्रहार गरी छिमेकीको हत्या

सामान्य विवादमै महिलाद्वारा खुकुरी प्रहार गरी छिमेकीको हत्या


सङ्खुवासभाको चिचिला गाउँपालिका-४ मत्स्यपोखरीमा एक महिलाले पुरुषको हत्या गरेकी छन् ।

सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर दुर्गामाया गुरुङले छिमेकी भीमबहादुर गुरुङको शनिबार (१० कात्तिक) हत्या गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हत्यामा सङ्लग्न दुर्गामायालाई नियन्त्रणमा लिएको छ । उनको साथबाट प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो खुकुरीसमेत बरामद गरेको छ ।