नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको शुक्रबार (२३ कात्तिक) निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए ।
३० वर्षीया सेलिशाको शुक्रबार नै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ ।
सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेलेकी थिइन् ।
यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन् ।
प्रतिक्रिया