मुग्लिन-पोखरा सडक पाँच दिन अवरुद्ध हुने

मुग्लिन-पोखरा सडक पाँच दिन अवरुद्ध हुने


पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका-२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आज (२८ मङ्सिर) देखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ