प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवा

प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवा


नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको बैठकले प्रहरीका डिआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

सिंह र बोहरालाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४)अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी महानिरीक्षक कुँवरको भनाइ छ ।