त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले आठ डीन र तीन निर्देशक नियुक्त गरेको छ । त्रिविको सिनेट बैठकमा त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस ७ गतेभित्र सबै नियुक्ति गर्न निर्देशन दिएलगत्तै त्रिविमा डीन र निर्देशकहरु नियुक्त गरिएका हुन् ।
नियुक्त भएका डीनहरुमा शिक्षाशास्त्र संकायतर्फ प्राडा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्राडा मोहनराज शर्मा र मानविकी तथा सामाजिकशास्त्रतर्फ प्राडा दुविनन्द ढकाल छन् ।
यसैगरी, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्राडा सुशीलबहादुर बज्राचार्यलाई नियुक्त गरिएको छ ।
परिषदले शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्राडा मीना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको जनाइएको छ ।
प्रतिक्रिया