काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ ।
उहाँको ८७ वर्षको उमेरमा उपचारका क्रममा आज (१ पुस) निधन भएको हो । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका सिंह पेटसम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो ।
दिवंगत सिंहको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ बजेसम्म चक्सिबारी निवासमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उहाँको आजै अन्त्येष्टि गरिनेछ ।
कामपामा शोक बिदा
काठमाडौं महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको छ । कामपाको सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार पूर्वमेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरिएको छ ।
ज्ञातव्य छ, २०५२ साल मङ्सिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।
प्रतिक्रिया