दाङमा गाडी दुर्घटना : दुई जनाको मृत्यु

दाङमा गाडी दुर्घटना : दुई जनाको मृत्यु


दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-९ च्याउखोला बक्सकटिङ नजिकै आज (१ पुस) बिहान लु१ज ४२९८ नम्बरको वीङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा शिवराज नगरपालिका-३ का ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँका ६० वर्षीया फुलसी थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको थियो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । उक्त गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने बताइएको छ ।