सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
गत शुक्रबारको मन्त्रिपरिषद बैठकले डा. विष्टलाई उक्त संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा. विष्टले यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।
नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले केही महिनाअघि सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । उक्त ऐनबमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. विष्टको नियुक्ति भएको हो ।
file photo
प्रतिक्रिया