आजको पञ्चाङ्ग एवम् राशिफल (८ पौष २०८१ सोमबार, २३ डिसेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ पौष २०८१ सोमबार, २३ डिसेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष ८ गते तद्अनुसार सन् २०२४ दिसेम्बर २३ तारिख सोमबार पौष कृष्णपक्षको अष्टमी तिथि उत्तरा फाल्गुनी नक्षत्र १०ः२१ पर हस्ता नक्षत्र सौभाग्य योग तैतिल करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५३ मा भयो र सूर्यास्त साँझ १७ः१३ बजेमा हुनेछ । गोरखकाली पूजा ।

आजको राशिफल

मेष – धेरै लगानीपछि कममात्र फाइदा हुने समय छ । बेलैमा विवेक नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आजको दिन आगो तथा हातहतियारबाट विशेष सावधान रहनु हितकर होला । आलोचना गर्नेहरू सक्रिय रहन सक्छन् । पतिपत्नीबीच केही चिसोपन वृद्धि हुने देखिन्छ । आर्थिक समस्याले सताउने सम्भावना छ, ध्यान राख्नुहोला । तथापि, प्रतिकुलताका बाबजुद साहसमा कमी आउनेछैन । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – दिन शुभदायी नै छ । कामको कदर भइ प्रतिष्ठा बढ्नेछ भने पढाइलेखाइ तथा ब्यापार–व्यवसायमा प्रगति हुने समय रहेको छ । जागिरमा भने आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने सम्भावना छ । विवाद बढ्ने एवम् कसैबाट अपमानित होइने सम्भावना पनि रहेकोले व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने कलाक्षेत्रमा रुचि बढ्ने देखिन्छ । पारिवारिक समस्याको समाधान प्राप्त हुनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – आत्मविश्वास जागृत हुनुका साथै प्राविधिक काममा विशेष सफलता प्राप्त हुने समय छ । अल्झेको काम बन्नाले मनमा एक किसिमको उल्लास छाउला । पढाइमा भनि खासै प्रगति हुने छैन । वैदेशिक क्षेत्रको लगानी खेर नजाने देखिन्छ । आफन्त एवम् मित्रजनसँगको भेटघाटले मन प्रसन्न रहला । शत्रुपक्ष एवम् प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्ने हरुको मुख बन्द हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिने समय छ । वैदेशिक तथा ब्यापारिक कामकाजमा विशेश फाइदा होला । पराक्रमका साथै आरोग्यबल बढ्नेछ । मिठो भोजनको आनन्द लिन पाइने योग छ ।

सिंह – आजको दिन केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । विशेषगरी स्वास्थ्यगत समस्याका कारण नियमित कार्यमा समस्या आइपर्न सक्छ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने सम्भावना छ । मनमा पीडाले डेरा जमाउन सक्छ । चोटपटकको भय पनि छ, सावधान रहनु उचित होला । प्रतिकुलताका बाबजुद मनोरन्जनात्मक क्रियाकलापप्रति आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख बढ्ने समय छ ।

कन्या – व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्ने समय भएपनि पढाइलेखाइमा प्रगति हुनेछ । धनजनको वृद्धि होला । महत्वपूर्ण काम धेरै बन्नेछन् भने लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु भेटिनेछन् । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । नियमित कार्यगति बढ्नेछ ।

तुला – पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने समय छ । आर्थिक क्षेत्रमा राम्रै लाभ हुने संकेत छ । ऋणसापटी लिन या दिन आजको दिन अनुकूल छ । ब्यापार, कृषि तथा वैदेशिक क्षेत्रमा दिन राम्रो छ । आम्दानी बढ्न सक्छ ।साहसिक काममा आकर्षण बढ्नेछ । मिष्ठान्न भोजनको योग रहेको छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ ।

वृश्चिक – रमाइलो भेटघाटले मनलाई हर्षित बनाउनुको साथै पराक्रम वृद्धि हुने समय छ । व्यापार–व्यवसायमा पनि सुधार आउला । यात्राको क्रममा लाभ मिल्ने योग छ । सन्तानपक्षबाट पनि सुख पाइने देखिन्छ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्ला । आयवृद्धि र आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु – स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ भने काम गर्न जाँगर चल्नेछ । तथापि, धेरै श्रम गरे पनि कामको कम मूल्याङ्कन हुने देखिन्छ । आम्दानी भएपनि रकम सञ्चित नहुन सक्छ । खर्च नियन्त्रणको प्रयास गर्नुहोला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पढाइलेखाइमा सफलता पाउने, आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनुका साथै खर्च वृद्धि हुने योग छ । कुरा काट्नेहरुबाट सतर्क रहनुपर्ला । परिवारिक सुखले उत्साह बढाउनेछ ।

कुम्भ – आम्दानीमा कमी नआउने, तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । तथापि, खर्चभन्दा कमाइ नै बढी हुने योग छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने समय छ । अनौठो खबर सुन्न्न पाइएला । नयाँ शुरु गरिएका कामहरु सहजै बन्नसक्ने देखिन्छ । काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ । साझेदारीको काम बन्नेछ भने दाम्पत्यसुख बढ्नेछ । सुख सुविधाको बस्तु बढ्नेछन् ।