✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं.२०८१ पौष ९ गते तद्अनुसार सन् २०२४ दिसेम्बर २४ तारिख मंगलबार पौष कृष्णपक्षको नवमी तिथि हस्ता नक्षत्र शोभन योग वणि करण आनन्दादिमा सौम्य योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५३ मा भयो र सूर्यास्त साँझ १७ः१३ बजे हुनेछ ।
आजको राशिफल
मेष – नियमित काममा जाँगर बढ्नाले मनमा खुशी मिल्नेछ भने आजको दिन आफन्तले पनि काममा साथ–सहयोग दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । तथापि, व्यावसायिक काम बीचमा अवरुद्ध बन्नसक्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । आत्मविश्वास वृद्धि भइ रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदको भाव जागृत रहला ।
वृष – तपाईंका कुरा काटनेहरु सक्रिय हुनेछन् भने ठूला व्यक्तिबाट आलोचना हुनसक्ने समय छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सावधान रहनुहोला । कसैसँग बादविवादको सम्भावना पनि छ । परिवारजनमा असमझदारी बढ्ने योग रहेकोले बोली र व्यवहारमा निकै सतर्कता अपनाउनु हितकर हुनेछ । आजको दिन हातहतियारबाट जोगिएर काम गर्नुहोला । छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ ।
मिथुन – व्यस्तता वृद्धिका साथै दिन केही चुनौतीयुक्त रहला । कुनै कामविशेषमा झमेलाको सामना गर्नुपर्ने सम्भावना छ । जागिरमा केही अल्छीपन छाउला । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिनेछैनन् । सामाजिक कर्म एवम् राजनीतिमा बर्चस्व बढाउन सकिने छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आर्थिक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ ।
कर्कट – सोचेका महत्वपूर्ण काममा सुखदायी परिणाम प्राप्त हुनसक्ने समय छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाइएला । पढाइलेखाइमा भने खासै मन नजाने देखिन्छ । पुराना साथीसंगीसँग भेटघाटको योग छ । सामाजिक उत्तरदायित्व हासिल हुने देखिन्छ । नयाँ काम र जिम्मेवारी हातपार्ने मौका जुर्ला । परिवारिक सुखले उत्साह जागृत गर्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – दिन सुखदायी नै रहने देखिन्छ । प्रायः सबै आवश्यक कामहरू बन्नेछन् भने साथ-सहयोग दिनेहरू पनि बढ्नेछन् । आर्थिक लाभ हुने समय छ । आम्दानीको नयाँ श्रोत फेला पर्न सक्छ । ठूला व्यक्तिको विश्वास सजिलै जित्न सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्ला । यात्रा सुखद रहनेछ ।
कन्या – समय मध्यमस्तरको छ । आजको दिन भाग्यले खासै साथ नदिन सक्छ । धनको नाश हुने, विवाद बढ्ने सम्भावना रहेकोले ब्यवहारमा अत्यन्तै सजगता अपनाउनुहोला । महत्वपूर्ण काममा अवरोध आउनाले मनमा चिन्ता बढ्न सक्छ । घरायसी सम्पत्तिको चिन्ताले पनि सताउने सम्भावना छ । विगतमा गरेको गल्ती–कमजोरीका कारण तनाव सिर्जना हुने योग छ । यसका बाबजुद आरोग्यबल बढ्नेछ । साथीसंगीको सहयोग प्राप्त हुनेछ ।
तुला – दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन पनि मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा विशेष फाइदा होला । राम्रै कामका लागि खर्च केही बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहला । व्यापार–व्यवसायमा विशेष सफलता मिल्ने योग छ ।
वृश्चिक – शुभदायी समय छ । धन कमाउने बाटाहरुको थालनी हुनुका साथै सोचेका काममा राम्रै सफलता मिल्ने देखिन्छ । धनलाभको योग छ । परिवारमा पनि सुखको माहोल बन्ला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइएला । आय वृद्धि हुनेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि होला । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनुका साथै दिन खुशीसाथ बित्नेछ ।
धनु – दिन रमाइलो छ, पुराना साथी-संगीसँगको भेटघाटले मन हर्षित हुनेछ । आजको दिन टाढाको यात्रा हुने सम्भावना छ । परिवारमा खुशिको माहोल छाउला । नयाँ ठाउँको यात्राको योग छ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुने देखिन्छ । कर्मबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।
मकर – आजको दिन केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले नियमित कार्यमा असर पर्नसक्छ । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानीको योग छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचेअनुरुप काम नहोला । तथापि, आत्मविश्वास कायम रहनेछ । मिठो भोजन प्राप्त होला । शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।
कुम्भ – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय भएपनि सोचेको महत्वपूर्ण काममा केही बाधा ब्यहोर्नुपर्ला । अरुको काममा ज्यादा समय लगाउनुपर्ने तर सोअनुसर जस भने नमिल्ने देखिन्छ । काम गरे अनुसार फल भने थोरै मिल्ने योग छ । छर–छिमेकमा पनि केही असमझदारी बढ्नसक्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – दिन सामान्य छ । स्वास्थ्यमा सुधार आउनेछ भने नियमित कार्यमा जाँगर बढ्ने देखिन्छ । बन्दव्यापारबाट लाभ मिल्नेछ । पढाइलेखाइमा पनि विशेया सफलता मिल्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइएला । नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया