✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष १० गते तद्अनुसार सन् २०२४ दिसेम्बर २५तारिख बुधबार पौष कृष्णपक्षको दशमी तिथि चित्रा नक्षत्र अतिगण्ड योग वणि करण आनन्दादिमा काल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा र सूर्यास्त साँझ १७ः१४ मा हुनेछ ।
आजको राशिफल
मेष – रोकिएको काम बन्ने समय छ । कुनै नयाँ कामको थालनी गर्दै हुनुहन्छ भने आजको दिन उपयुक्त हुनेछ । काममा जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । दाम्पत्यसुख बढ्नेछ भने साझेदारीको काममा सुखद मोड आउनसक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । इष्टमित्रको सहयोगी बनेर देखापर्लान् । आज आर्थिक समस्याले भने केही सताएको अनुभूति हुनेछ ।
वृष – महत्वपूर्ण विषयमा समयमै निर्णय नहुँदा काममा अवरोध आउनसक्ने देखिन्छ । आज अनावश्यक रुपमा डरको भाव जागृत हुनसक्छ । कसैसँग हल्का मनमुटाव तथा विवाद पनि हुने योग छ । सबल स्वास्थ्यको लागि खानपान एवम् आचारविचारमा विशेष ध्यान दिनु हितकर हुनेछ । चोटपटकको भय पनि छ, सतर्कताको दरकार छ । आफन्तसुख भने बढ्नेछ । यात्रागत कार्य सार्थक रहला ।
मिथुन – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिएला । आज कसैबाट आदर–सम्मान पनि प्राप्त हुने योग छ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । प्रेमभाव वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुने देखिन्छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
कर्कट – सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै आर्थिक कारोबार पनि राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । रसरागको भाव वृद्धि भइ दाम्पत्यजीवन सुखद रहला । आरोग्यता र आनन्द बढ्नेछ । परोपकार र धार्मिक क्षेत्रमा विशेष आकर्षण रहनेछ । कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
सिंह – आजको दिन मिश्रित फलदायी रहला । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुनसक्छ, तर खर्चमा केही वृद्धि हुने देखिन्छ । परिवारमा पनि सामान्य विवादको अवस्था रहनसक्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । पराक्रम वृद्धि हुनेछ । कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
कन्या – आजको दिन बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था निम्तिने देखिन्छ । नियमित काममा खासै जाँगर नचल्ने तथा आलस्यले सताउन सक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहला । काममा ढिलासुस्तीको योग छ । यात्रागत कार्यमा भने सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग रहनेछ ।
तुला – परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरि सुरु हुन सक्छन् । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने योग छ । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता मिल्नेछ । परिवारजनका आकांक्षा पूरा हुनेछन् । आरोग्यबल बढ्नेछ । खर्च केही वृद्धि हुने देखिन्छ । साहसिक काममा आकर्षण बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
वृश्चिक – चिताएको काममा सफलता पाइनुका साथै धनलाभ पनि हुने समय छ । महत्वपूर्ण व्यक्तिबाट साथ–समर्थन पाइएला । पुराना साथीसंगीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभुति मिल्ला । शुभता र सामर्थ्य बढेर रोकिएको काम बन्नेछ । आरोग्यबल बढ्नेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर होला । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – समय शुभदायी छ । समाजिक सम्मान प्राप्ति र रमणीय एवम् सुखद यात्राको योग छ । अनौठो तरिकाबाट नगद कमाइने देखिन्छ । कर्मबल बढ्नेछ, आय वृद्धि हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ ।
मकर – आजको दिन खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुने सम्भावना रहेकोले सावधान रहनुहोला । सामान्य रोगले सताउन सक्छ । भौतिक सरसामनको क्षति हुन नदिन विशेष सतर्कताको खाँचो छ । पारिवारिक समस्याबाट भने मुक्ति मिल्ने योग छ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
कुम्भ – बन्दैन भनेको काम पनि अथक प्रयासमा बन्ने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त होला । नसोचेको मित्रजनसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ । तथापि, बिहानीपख सुखको अनुभव हुने र बेलुकीपख काममा खासै मन नलाग्न सक्छ, ध्यान राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक कार्य सार्थक रहनेछ ।
मीन – नचिताएको ठाउँबाट आम्दानी हुने समय छ । आम्दानीका विविध माध्यम ख्ुाल्न सक्छन् । आवश्यक, उपलब्धीमूलक अनि रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । साझेदारीको काम पनि बन्नेछ । रसरागमा आकर्षण र दाम्पत्यसुख बढ्नेछ । सुख–सुविधाका साधन हासिल हुने देखिन्छ ।
प्रतिक्रिया