✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं.११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष ११ गते तद्अनुसार सन् २०२४ दिसेम्बर २६ तारिख बिहीबार पौष कृष्ण पक्षको एकादशी तिथि स्वाती नक्षत्र सुकर्म योग बब करण आनन्दादिमा स्थिर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा र सूर्यास्त साँझ १७ः१४ मा हुनेछ । सफला एकादशीव्रत ।
आजको राशिफल
मेष – लाभदायक समय छ । ब्यापारमा सोचेअनुरुपको फाइदा हुने देखिन्छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नुहोला । शिक्षण-प्रशिक्षण कार्यमा भने आज खासै प्रगति नहोला । प्रेमभावका साथै सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
वृष – आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैयाँपैसाको कारोबार होला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरू पनि बन्नेछन् । नयाँ सामान खरिदको सम्भावना छ । बाहन, चौपाया आदि प्राप्त हुने ग्रहयोग छ । प्रेमभावका साथै आत्मविश्वास वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – समय खासै राम्रो छैन, अनावश्यक डर, विवाद हुनसक्ने सम्भावना रहेकोले विशेष सजगताका साथ व्यवहार गर्नुहोला । कामहरु अधुरा रहनसक्छन् । स्वास्थ्य पनि केही कमजोर रहला । कसैसँग सामान्य विवाद वा झैझगडाको सम्भावना छ । सावधान रहेर काम गर्नुहोला । तथापि, मिठो भोजन प्राप्त हुनेछ भने शत्रुपक्ष परास्त हुनेछ । जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउन सक्ने समय छ । कामहरु अधुरै रहनाले मन खिन्न रहन सक्छ । घरपरिवारबाट पनि खासै सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । आर्थिक कारोबारले व्यस्तता बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनाले सुखानुभूति होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – अनुकूलता वृद्धि हुनेछ । रोकिएको काममा सफलता मिल्नेछ भने महत्वपूर्ण काममा इष्टमित्रको सहयोग प्राप्त हुनेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने समय छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । केही नयाँ कामको थालनी हुनसक्छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । समग्रमा दिन रमाइलोको साथ बित्ने छ ।
कन्या – दान पुण्यका कार्यमा आकर्षण बढ्ने समय छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । आजको दिन सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने सम्भावना छ । कृषिजन्य व्यापारबाट पनि राम्रो फाइदा हुने देखिन्छ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्ने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।
तुला – दिन केही चुनौतीयुक्त नै रहने देखिन्छ । स्वास्थ्य कमजोर रहला । अनावश्यक खर्च बढ्न सक्छ । गरेका कार्यहरू हतपत नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने योग छ । महत्वपूर्ण कार्यमा बाधा पर्ला । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – रोकिएका कामहरु बन्न थल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । जाँगरमा सुधार आउनुका साथै आफन्तजनले पनि सहयोग गर्नाले सबै काम लाभदायी रहला । आर्थिक पक्षमा सफलता मिल्नुका साथै हितैषीजनसँगको भेटले मन रमाउने छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।
धनु – समस्याहरु आफै किनारा लाग्नेछ, धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सकेजति खेर जाँदैन, अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । लाभदायी यात्राको योग छ । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
मकर – यात्राको लागि उचित समय रहेको छ । अनौठो र लाभदायक यात्राको योग पनि छ । कृषिकर्म र व्यावसायिक कार्यमा भने केही चुनौतीको सामना गर्नुपर्ला । परिवारमा हल्का विवाद हुन सक्छ, तर छलफलले सकारात्मक परिणाम ल्याउनेछ । कर्मबल र सफलता बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । अनावश्यक खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउला । सोचेअनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । धैर्य र आत्मविश्वासका साथ चल्न सके दिन त्यति नराम्रो नहोला ।
मीन – त्यसै-त्यसै समय अलमल गराउने खालको समय छ । दौडधुप बढ्नेछ तर काममा मन नजान सक्छ । परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव कायम रहला । आफन्तको साथ मिलेपनि सोचेको काम पूरा नहुन सक्छ ।
प्रतिक्रिया