स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार (११ पुस) सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-१ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ आरुबारी बस्ने ३४ वर्षीय रवि धमला, सङ्खुवासभा, पाँचखपन नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-७ चावहिल बस्ने ३० वर्षीय सन्तोष विक (खाती) तथा रसुवा, उत्तरगया गाउँपालिका-२ घर भई हाल काठमाडौं तारकेश्वर-४ लोलाङ बस्ने ३९ वर्षीय जीतबहादुर तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।
स्रोत नखुलेको रकमसहित केही व्यक्तिहरु शङ्कास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यही पुस ९ गते पक्राउ गरी आज सार्वजनिक गरेको जानकारी दिँदै उनले पक्राउ परेकामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको बताएका छन् ।
प्रतिक्रिया