✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष १२ गते तद्अनुसार सन् २०२४ दिसेम्बर २७ तारिख शुक्रबार पौष कृष्ण पक्षको द्वादशी तिथि विशाखा नक्षत्र धृति योग कौलव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा र सूर्यास्त साँझ १७ः१५ मा हुनेछ ।
आजको राशिफल
मेष – नयाँ काम सुरु गर्ने समय छ । व्यवसायको सिलसिलामा भ्रमणको अवसर जुर्न सक्छ । आतिथ्यपूर्ण सम्मान पनि पाइने देखिन्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ तर अन्य ब्यवसायबाट भने लाभ हुनेछ । व्यापारमा राम्रै धनलाभ हुने योग छ । अनुकूलता वृद्धि भइ दाम्पत्यसुख बढ्नेछ । इष्टमित्रको सहयोग रहनेछ ।
वृष – आजो दिन सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । ऋण रोग र शत्रुसित लड्ने सामथ्र्य वृद्धि होला । आफन्तको साथ मिल्नेछ, पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ । तर, निर्णय गलत ठाउँमा पर्नाले अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला । विचार नपु ऱ्याइ बोल्नाले समस्या उत्पन्न हुनसक्छ । कडा प्रायस गरे पनि सफलता हात नलाग्नसक्ने सम्भावना देखिन्छ । यसका बाबजुद शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कर्कट – ब्यस्तता बढ्नेछ । कमी–कमजोरीलाई सुधार गर्न सकिने समय छ । आजको दिन टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । शिक्षा क्षेत्रमा सफलता हासिल होला । ब्यापारमा सोचेअनुसारको लाभ हुने देखिन्छ । नयाँ कामको सुरुवात भने खासै राम्रो छैन । मित्रमिलनको योग छ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ने समय छ, जसले मान प्रतिष्ठा वृद्धि गर्ला । आम्दानी बढ्ने देखिन्छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुख–सुविधाको साधन प्राप्ति हुनेछ । पराक्रम वृद्धि र रसरागको कार्यक्रममा आकर्षण बढ्ला । पारिवारिक सुख बढ्नुको साथै नियमित कार्यमा सहजता रहनेछ ।
कन्या – मिश्रित फलदायी समय छ । काम बने पनि बोझिलो जिम्मेवारी थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । यात्रा आरामदायी र रमाइलो हुनेछ । आजको दिन बोली र व्यवहारमा सरलता नअपनाए झूटा आरोप लाग्नसक्ने योग छ, ध्यान राख्नुहोला । साहित्यिक कार्यमा मन जानेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – साहसिक काममा आकर्षण बढ्ने समय भएपनि आजको दिन स्वास्थ्य केही कमजोर रहन सक्छ । अरूका काममा समय खर्चनुपर्ला । पढाइलेखाइमा पनि खासै ध्यान दिन नसकिएला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । खर्च वृद्धि हुने योग छ । मित्रमण्डलीबीच यश–वर्चश्व बढ्नेछ । रसरागमा आकर्षण रहला ।
वृश्चिक – आर्थिक पक्ष सबल बन्नेछ तर काममा अलिक प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्ने सम्भावना छ । प्रयतन गर्दा केही अवसर मिल्न सक्छ, विवेकयुक्त प्रयासले चुनौतीहरू पार लाग्नेछन् । अनायासै ठिक निर्णय हुने योग छ । मिठो भोजन प्राप्ति एवम् सुख वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ ।
धनु – प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आजको दिन खर्च भने केही बढ्न सक्छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आय वृद्धि हुनेछ । खेलकुद, भ्रमण जस्ता मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ ।
मकर – सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ने समय छ । घरायसी समस्याले सताए पनि परोपकारी कार्यमा सफलता मिल्नाले मन सन्तुष्ट रहला । बौद्धिक र रचनात्मक कार्य सार्थक रहनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा हुनसक्छ । मित्र वर्गबाट साथ–सहयोग पाइनेछ । सुख–सुविधाको वस्तुमा धन खर्च हुने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
कुम्भ – आजको दिन आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ । खर्चको मात्रा बढ्न सक्छ । काममा ढिलासुस्ती आउन सक्छ, सावधान रहनुहोला । अनावश्यक दौडधुपबाट जोगिने प्रयत्न गर्नु हितकर हुनेछ । झमेला, विवाद र चोटपटकको योग छ, सजग रहनुहोला प्रतिकुलताका बाबजुद सामथ्र्य वृद्धि हुनेछ ।
मीन – नियमित काममा केही चुनौती देखापर्ने दिन छ । स्वास्थ्यमा केही कमजोरी महसूस हुनाले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । खर्च र जोखिम बढ्न सक्छ । रसरागमा भने आकर्षण रहला । आफन्तको साथ मिल्नेछ । मिठो भोजन प्राप्त हुने देखिन्छ ।
प्रतिक्रिया