✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष १३ गते तद्अनुसार सन् २०२४ दिसेम्बर २८ तारीख शनिबार पौष कृष्ण त्रयोदशी तिथि अनुराधा नक्षत्र शूल योग गर करण आनन्दादिमा अमृत योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा भयो र सूर्यास्त साँझ १७ः१६ मा हुनेछ । शनि प्रदोष व्रत ।
आजको राशिफल
मेष – केही जोखिम बढे पनि श्रमको उचित मूल्य प्राप्त गर्न सकिने समय छ । लगनशीलताले काममा उत्साह जगाउनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुनसक्छ । सुखद यात्राको योग छ । रोकिएका काम बन्नेछन् भने कुनै विशेष योजनाको सोचमा हुनुहुन्छ भने अनुकूलता वृद्धि हुनेछ । मित्रजनको साथले उत्साह जगाउला ।
वृष – विभिन्न अवसरले पछ्याउने र सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुने समय छ । विभिन्न भौतिक साधन जुट्ने र आम्दानी बढ्ने देखिन्छ । दाम्पत्यजीवन रमाइलो रहला । आत्मविश्वास र आँट वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्ने देखिन्छ । यात्रापरक काम बन्नाले उत्साह बढ्नेछ ।
मिथुन – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्नसक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ, सजग रहनुहोला । सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिनसक्ने योग छ । व्यावसायिक काममा खर्च बढ्नेछ । तथापि, विवेकको सही प्रयोगका कारण जस्तोसुकै समस्याको पनि समाधान प्राप्त हुने समय छ ।
कर्कट – मिश्रित फलदायी दिन छ । बाध्यतापूर्ण काममा धेरै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नजिकका साथीभाइ टाढिन सक्छन् । तर, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुने देखिन्छ । सुन्तानसुख र प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुपक्ष परास्त हुने योग छ । रसरागमा आकर्षण रहला । आफन्तजन भने बक्री बन्न सक्छन्, सावधानीका साथ व्यवहार गर्नुहोला ।
सिंह – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च केही वृद्धि भएपनि रमाइलो यात्राको अवसर जुट्नसक्ने देखिन्छ । मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । अतिथिको सम्मान गर्ने अवसर पाइएला । राजनीति र समाजसेवामा पनि वर्चश्व बढ्ने योग छ । आरोग्यबलका साथै रसरागको कार्यक्रममा आकर्षण रहला । कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
कन्या – प्रतिभा प्रदर्शन गरेर धेरैको मन जित्न सकिने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हातपर्ने अवसर जुर्ला । रोकिएका काम बन्नेछन् भने पराक्रम वृद्धि हुनेछ । विशिष्ट व्यक्ति तथा गुरुजनको विशेष सहयोग जुट्ने देखिन्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । मान महत्व बढ्नेछ । यात्रागत कार्य सार्थक रहला ।
तुला – साहसिक काममा आकर्षण बढे पनि आजको दिन स्वास्थ्य केही कमजोर रहन सक्छ, जसले महत्वपूर्ण काम अधुरै रहन सक्छ । शरीरले आरामी खोजेपनि जिम्मेवारी भने बढिरहने देखिन्छ । हतारको निर्णयले धोका हुनसक्छ, धैर्य राखी व्यवहार गर्नु उचित हुनेछ । परिवारजनको सहयोग र मिठो भोजन प्राप्त होला ।
वृश्चिक – रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुने समय छ । प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन् । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । महत्वपूर्ण योजनामा टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । आरोग्यता रहनेछ । पराक्रमत्मक कार्यमा सफलता प्राप्त हुनेछ ।
धनु – समय लाभदायक देखिन्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरू कमजोर साति हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फाइदा हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद र भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहला । रचनात्मक कार्य काम बन्नेछ । रसरागको भाव जागृत होला ।
मकर – व्यापार–व्यवसायमा विशेष लाभ लिने समय भएपनि कामका लागि गरिएको भ्रमणमा समय ब्यर्थमा खेर जानसक्छ । महत्वपूर्ण कार्यमा समस्या थपिन सक्छन् । तथापि, अरूको मन जितेर जिम्मेवारीको अवसर हात पार्न सकिनेछ । व्यावसायिक यात्राको सम्भावना छ । यात्राबाट सोचेको लाभ मिल्नेछ । रोग र शत्रुलाई जित्ने सामथ्र्य बढ्ला । मिठो भोजन प्राप्त हुनेछ ।
कुम्भ – आजको दिन सानातिना काम तथा घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । भेटघाटमा अलमलिनाले महत्वपूर्ण काममा बाधा पुग्नसक्छ । घरायसी समस्याले पनि सताउने देखिन्छ । आकस्मिक खर्च बढ्नेछ भने अर्थ अभावले बन्न लागेको काम स्थगित हुने सम्भावना छ । तथापि, कर्मबल एवम् सामर्थ्य बढ्नेछ । आत्मविश्वास कायम रहला ।
मीन – दिन उतरचढावयुक्त रहला । दैनन्दिन कार्यमा विभिन्न समस्या आउन सक्छन् । लेनदेनमा पनि विवाद हुने योग छ । खर्च बढ्नुका साथै पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । आँटेका काम मुस्किलले मात्र बन्नेछन् । भौतिक साधनको क्षति हुने सम्भावना रहेकोले सजग रहनु हितकर होला । प्रतिकुलताका बाबजुद आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया