✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष १४ गते तद्अनुसार सन् २०२४ दिसेम्बर २९ तारिख आइतबार पौष कृष्ण पक्षको चतुर्दशी तिथि ज्येष्ठा नक्षत्र गण्ड योग भद्रा करण आनन्दादिमा काण योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा भयो र सूर्यास्त साँझ १७ः१६ मा हुनेछ ।
आजको राशिफल
मेष – दौडधुप बढ्नेछ । काम सिद्ध गर्न कठोर मिहिनेत गर्नुपर्ला । काममा रुचि पनि खासै नरहने देखिन्छ । मनमा खराब बिचारहरुले डेरा जमाउन सम्भावना रहेकोले सामाजिक क्रियाकलापमा संलग्न रहनु उचित हुनेछ । आजको दिन सोच्दै नसोचेको काम सम्पादन हुने सम्भावना पनि छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रा सार्थक रहला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
वृष – सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्ने देखिन्छ । दीनदुःखीलाई गरेको सहयोगका कारण रोकिएको काम बन्नसक्ने येग छ । विशेष काममा धन लगानी गर्ने अवसर जुर्नसक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । दामपत्यसुख वृद्धि होला । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काममा आफन्तको साथ मिल्नेछ ।
मिथुन – सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ । सहयोग, पुरस्कार र हौसला जस्ता कुरामा वृद्धि भइ बिग्रिएका कामहरु समेत बन्ने देखिन्छ । कसैबाट तपाईंका कमी-कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । सभा-समारोहमा मान मिल्ने योग छ । पराक्रम वृद्धि भइ ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुनसक्ने समय छ । दैनन्दिन कामको उचित प्रतिफल पाइनेछ, तर आजको दिन यात्रागत कार्य गर्दै हुनुहुन्छ भने थाती राख्नु उचित हुनेछ । कृषि-चौपायामा केही समस्या देखिएला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने योग छ । प्रेमभावका साथै सन्तानसुख बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काममा साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – मिश्रित फलदायी समय छ । मातापिताको स्वास्थ्यप्रति चिन्ता जागृत हुन सक्छ । व्यक्तिगत स्वास्थ्य सबल रहनेछ । विशेष सभा-सम्मेलनमा सहभागी हुने अवसर जुर्ला । विगतका निर्णयको खराब परिणाम देखापरेर मनमा पीडा जगाउने सम्भावना छ, धैर्य राख्नुहोला । मान्यजनको सुझावप्रति विश्वास गर्नु हितकर हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सचेत रहनु उचित हुनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कर्मप्राप्तिका साथै धन आर्जनको विशेष अवसर जुर्ला । पराक्रम वृद्धि हुनेछ भने यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइ र आफन्तजनको सहयोगले महत्वपूर्ण काम हुने योग छ ।
तुला – समय शुभदायी छ । व्यवसायबाट राम्रै फाइदा उठाउने मौका जुर्ने देखिन्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । प्रतिष्ठा कमाउने काम गर्ने मौका जुर्ने देखिन्छ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा विशेष फाइदा होला । अरूलाई प्रभावित पारेर काम लिन सकिने दिन छ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । आरोग्यबलका साथै यशवर्चश्व बढ्नेछ ।
वृश्चिक – आजको दिन केही चुनौती बढ्ने देखिन्छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले महत्वपूर्ण काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ, जसबाट दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बौद्धिक कार्यमा सफलताको योग छ । सुखसुविधाको बस्तु खरिदमा खर्च हुनसक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – लामो समयदेखि रोकिएको काम बन्ने र ब्यावसायिक काममा राम्रै फाइदा मिल्ने समय छ । पारिवारिकसुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । शुभचिन्तकहरूले तपाईंका कमी–कमजोरीप्रति गुनासो गर्न सक्छन् । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनु हितकर होला । लगानी वा खर्च बढ्ने योग छ । खेलकुद, भ्रमण, मनोरन्जन जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय विशेष उत्साहप्रद रहने देखिन्छ । धर्मकर्ममा रुचि बढ्नुका साथै राम्रैसँग धन आर्जनको अवसर जुर्ने योग छ । बिनाप्रतिस्पर्धा फाइदा हुने देखिन्छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा पुग्नेछ । दायित्व निर्वाहमा कुनै कसर रहने छैन । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – कर्मबल तथा समर्थ्य बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्ने समय छ । श्रमको उचित मूल्यांकन होला । नयाँ जिम्मेवारी हातपर्ने योग छ । पारिवारिक आवश्यकता पूर्ति होला । तथापि, समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको सम्भावना छ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने चुनौतीयुक्त समय छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ भने विश्वास गरेकाबाट धोका हुनसक्ने देखिन्छ । पठनपाठनमा त्यति समय दिन नसकिएला । अरुबाट आलोचना हुने योग छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
प्रतिक्रिया