आजको पञ्चाङ्ग एवम् राशिफल (१५ पौष २०८१ सोमबार, ३० डिसेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ पौष २०८१ सोमबार, ३० डिसेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष १५ गते तद्अनुसार सन् २०२४दिसेम्बर ३० तारिख सोमबार पौष कृष्ण अमावश्या तिथि मूल नक्षत्र वृद्धि योग चतुष्पाद करण आनन्दादिमा लुम्ब योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा भयो र सूर्यास्त साँझ १७ः१७ मा हुनेछ । सोमबारे औँसी, तीर्थहरुमा स्नान दान, तमुल्होछार, कविशिरोमणि लेखनाथ जयन्ती ।

आजको राशिफल

मेष – भाग्यबल बढ्नेछ । कृषि, पशुधनबाट राम्रै लाभ मिल्ने समय छ । नोकरीमा प्रशंसा मिल्ने र पढाइलेखाइमा पनि प्रगतिको योग छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । खर्च चाहिँ केही बढ्ने देखिएकाले फजुल खर्च हुनबाट जोगिने चेष्टा गर्नु उचित होला । बलजफ्तीले काम बिग्रन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – शुभदायी समय छ । प्रतिस्पर्धी परास्त हुनेछन् भने प्रेम र मित्रताको बन्धन कसिनेछ । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुने योग छ । नियमित कार्यबाट पनि धेरैको मन लोभ्याउन सकिने देखिन्छ । पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – नयाँ व्यापार-व्यवसाय विस्तार हुने र खुसीको समाचार सुन्न पाइने दिन छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । आध्यात्मिक कार्यमा केही खर्च हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउला । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । पराक्रम बढ्नेछ, शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – दिन केही चुनौतीयुक्त रहला । समयमा काम सम्पन्न गर्न मुस्किल पर्ने तथा हातबाट अवसर फुत्कने सम्भावना छ । सञ्चित धनको नोक्सानी हुने योगका कारण आर्थिक लेनदेनमा विशेष सजगता अपनाउनु उचित हुनेछ । नयाँ रोजगारीको अवसर मिल्ने सम्भावना छ । सोचविचार नगरी अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, ध्यान राख्नुहोला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – मिश्रित फलदायी समय छ । तपाईंका कमी-कमजोरीप्रति टिप्पणी वा आलोचना बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि मित्रजनले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना खास कुराहरू गोप्य राख्नु हितकर होला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् भने बोलीकै भरमा काम सम्पादन हुने योग छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । आरोग्यबल बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

कन्या – ब्यस्तता वृद्धि हुनेछ । नयाँ कार्ययोजना बन्ने र नयाँ कामको सुरुवात गर्न सकिने समय छ । काम सामान्य भए पनि राम्रो आम्दानी हुने योग छ । दिगो फाइदा हुने योजनाका लागि विशेष अवसर जुट्न सक्छ । मानसम्मान प्राप्ति र मित्रमिलनको सम्भावना छ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । ब्यापारबाट राम्रै लाभ हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । मित्रजन एवम् आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिने समय छ । आरोग्यबल र पराक्रम वृद्धि होला । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने योग छ । व्यापार–व्यवसाय सन्तोषजनक रहनेछ । तर, खर्च केही बढ्ने र विशेष योजनामा अवरोध हुन सक्छ, सावधानी अपनाउनुहोला । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुने देखिन्छ । पढाइलेखाइमा रूचि बढ्ला । श्रमको उचित मूल्यांकन हुनेछ । खर्च लागे पनि रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाइ अलिक टाढिन सक्छन् भने प्रेम सम्बन्धमा केही समस्या आउन सक्छ, सजगताका साथ व्यवहार गर्नु हितकर हुनेछ । रोकिएको काम विशेष मिहिनेतले बन्नेछ ।

धनु – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । आज अनावश्यक वादविवाद तथा झैझगडाबाट जोगिनका लागि विशेष सावधानी अपनाउनु हितकर होला । विपरीतलिंगीका साथै शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिने योग छ । तर, अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ, ध्यान राख्नुहोला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्तिले आनन्द प्रदान गर्नेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

मकर – दिन सुखदायी रहने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । कुनै कामविशेषको माध्यमबाट राम्रै लाभ वा आर्जन हुने सम्भावना छ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । मित्रता र प्रेमको बन्धन कसिने योग छ । पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैको मन जित्न सकिएला । यात्रागत कार्य सफल रहनेछ ।

कुम्भ – व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आजको दिन नजिकका साथीभाइ टाढिनसक्ने तर टाढाका साथीभाइसँग मित्रता बढ्ने योग छ । पहिलेको लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला । केही खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनसक्छ, सजगता अपनाउनुहोला । मा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ । समष्टिमा दिन राम्रै रहनेछ ।।

मीन – कर्मबल बढ्नेछ, तर काममा ढिलासुस्ती हुनक्ने दिन छ । आम्दानीको तुलनामा खर्च अलिक बढी हुनाले आर्थिक समस्या देखापर्न सक्छ । चोटपटकको योग रहेकोले आजको दिन सवारीसाधन तथा हातहतियार उपयोग गर्दा विशेष सतर्क रहनु हितकर होला । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, गोपनीयतामा ध्यान दिनुहोला । समस्यामा आफन्तको साथ मिल्नेछ । सुखविलासको अवसर मिल्नसक्ने देखिन्छ ।