✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष १६ गते तद्अनुसार सन् २०२४ दिसेम्बर ३१ तारिख मंगलबार पौष शुक्ल प्रतिपदा तिथि पूर्वाषाढ़ा नक्षत्र ध्रुव योग किंस्तुघ्न करण आनन्दादिमा मित्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा भयो र सूर्यास्त साँझ १७ः१८ मा हुनेछ । तोल ल्होसार ।
आजको राशिफल
मेष – पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइने समय छ । आतिथ्यपूर्ण सम्मान पाइएला । कर्मयोग अभिवृद्धि हुनेछ । स्वास्थ्य केही कमजोर रहनसक्छ । सबल स्वास्थ्यका लागि खानपान तथा आचारविचारमा विशेष ध्यान राख्नुपर्नेछ । अस्वस्थताकै बीच कामको बोझ बढ्ने देखिनछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । इष्र्या गर्नेहरू सक्रिय रहनसक्छन्, ध्यान राख्नुहोला ।
वृष – विभिन्न अवसर प्राप्त हुनेछन् । रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिने समय छ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा विशेष ध्यान दिनु आवश्यक छ, ध्यान राख्नुहोला । प्रियजनसँग भेटघाट र प्रसन्नता मिल्ला । उपहारप्राप्तिको योग छ । दौडधुप वृद्धि हुनेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनसक्ने तथा अनावश्यक विवादले मन खिन्न तुल्याउनसकने योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।
मिथुन – आजको दिन व्यावहारिक झमेला आइलाग्न सक्छन्, तर अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्ने देखिन्छ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने मित्रजनको सहयोगबाट दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुने योग छ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । साझेदारीको काम बन्नेछ । प्रतिष्पर्धी परास्त होलान् । स्वास्थ्य सबल रहनेछ ।
कर्कट – पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइने समय छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिएला । इच्छाशक्ति बढ्नुका साथै प्रबल आत्मबलका कारण चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । साथीभाइको सहयोगले सुख वृद्धि गराउनेछ । खेलकुद एवम् रसरागमा विशेष आकर्षण रहनेछ ।
सिंह – समय केही प्रतिकुल रहेको आभास हुनसक्छ । विश्वास गरेकाले धोका दिनेछन् भने मित्रजन नै टाढिनसक्ने सम्भावना छ । बोली र व्यवहारमा लचकता अपनाएर परिस्थितिलाई सकारात्मक तुल्याउन सकिनेछ । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनु नै हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि, सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रेमभाव र सन्तानसुख बढ्नेछ ।
कन्या – पराक्रमका साथै व्यस्तता वृद्धि हुनेछ । धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ । मानसम्मानमा चोट पुग्न सक्ने समय रहेको हुँदा बोली र व्यवहारमा विशेष सजग रहनु उचित हुनेछ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्, ध्यान राख्नुहोला । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिने सम्भावना छ । आजको दिन आर्थिक कारोबार नगरेकै बेस हुनेछ । । सहयोगीहरूको भावनालाई कदर गर्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।
तुला – पराक्रम वृद्धिका साथै मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय छ । आँटेका काम बन्नाले जोश–जाँगर बढ्ला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने साथीभाइको साथ मिल्नेछ । आरोग्यबलका साथै यशवर्चश्व बढ्नेछ बढ्नेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहनेछ । धन सम्पदामा बढोत्तरी आउने योग छ ।
वृश्चिक – मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो कसिने समय छ । अरूको भावना बुझ्ने चेष्टा गर्नु स्वयमको लागि पनि हितकर होला । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । सुखदुःखमा साथ दिनेहरू कमै भेटिए पनि समस्याको समाधान मिल्नेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदा नै हुनेछ । मान प्रतिष्ठा मिल्नाले सुख वृद्धि हुने देखिन्छ । आरोग्यबल बढ्नेछ ।
धनु – धेरै परिश्रम तथा लगानीबाट थोरै लाभ मिल्ने समय छ । घरखर्च पनि बढ्न सक्छ । मौसमी समस्या आउन सक्छ, सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । मेहनत गर्दा पढाइलेखाइमा प्रगति हुनेछ भने खर्च लागे पनि विशेष योजनामाथिको प्रयत्न सार्थक रहला । नियमकानूनले साथ दिनाले भएको दायित्व पूरा गर्न सकिनेछ ।
मकर – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । नजिकका आफन्त टाढिन सक्छन् तर विशिष्ट जनसँग मित्रता बढ्ने योग छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नाले हर्ष बढ्ने देखिन्छ । बुद्धिको उपयोगले काम लिन सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हातपर्ने देखिन्छ । यात्रागत कार्य सार्थक रहला । खर्चचाहिँ केही बढ्नाले समस्या उत्पन्न हुन सक्छ, सतर्क रही व्यवहार गर्नुहोला ।
कुम्भ – समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनेछ भने रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइने योग छ । व्यवसायमूलक भ्रमण पनि सफलतादायी रहला । नाता गाँस्नेहरूले केही दुःख दिन सक्छन्, तर जित तपाईंकै हुनेछ । रोकिएका काम पुनः प्रयास गर्दा फाइदा हुनेछ । आयबल बढ्ला । मिठो भोजन प्राप्त हुनेछ ।
मीन – आजको दिन शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन् । तर, भाग्यबल बढ्नाले नतिजा तपाईंकै पक्षमा रहला । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्ने समय छ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउला । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । सामथ्र्य वृद्धि हुनाले कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
प्रतिक्रिया