आजको पञ्चाङ्ग एवम् राशिफल (१७ पौष २०८१ बुधबार, १ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ पौष २०८१ बुधबार, १ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष १७ गते तदनुसार पौष शुक्ल पक्षको द्वितीया तिथि तद्अनुसार सन् २०२५ जनवरी १ तारीख बुधबार उत्तराषाढ़ा नक्षत्र व्याघात योग बालव करण आनन्दादिमा बज्र योग चन्द्रमा धनु राशिमा ७:१६ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५६ मा भयो र सूर्यास्त साँझ १७:१८मा हुनेछ । सन् २०२५ प्रारम्भ ।

आजको राशिफल

मेष – दिन मिश्रित फलदायी रहला । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ, तर व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्नसक्ने समय छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने सम्भावना छ । मातापिताका बारेमा चिन्ता बढ्ने देखिन्छ । विशवासपात्रले धोका दिनेछन् भने वैदेशिक रोजगारीमा केही समस्या आउन सक्छ । राजनीतिमा हुने व्यक्तिका लागि राम्रै समय छ । नयाँ सफलता प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ने समय छ । एक्लोपनाको अनुभूति हुनसक्छ । राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउने योग छ । मानहानी वा अपयश समेतको सम्भावना रहेकोले विशेष सजग रही व्यवहार गर्नुहोला । आर्थिक अभावले सताउन सक्छ । प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

मिथुन – शिक्षा र साझेदारीमा फाइदा हुने समय छ । परोपकार र मङ्गलमय काम सम्पादन गरिएला, जसबाट मानसम्मान हासिल हुने देखिन्छ । तर, विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने छ । पारिवारिक समस्याहरू देखापर्ने सम्भावना छ । साझेदारीमा विवाद र असमझदारी बढ्ने योग रहेकोले ब्यवहारमा सुझबुझपन आवश्यक छ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ, अरुको भर नपर्नु हितकर होला ।

कर्कट – विद्यार्थीहरूका लागि अनुकूल समय छ । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइलेखाइमा प्रगति हुनेछ । रोकिएका कामहरू बन्नेछन् भने अतिरिक्त आम्दानी बढ्ने देखिन्छ । घरै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ । साझेदारीको काम बन्नेछ भने परिवारिक सुख वृद्धि हुनेछ । प्रेमभाव बढ्नेछ, मिठो भोजन प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्ने सम्भावना छ, ध्यान राख्नुहोला । नोकरीमा अनुकूल स्थानान्तरणको योग छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, सावधानी अपनाउनुहोला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – चुनौतीयुक्त समय छ । स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्न सक्छ, सावधान रहनुहोला । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने दिन निकै अनुकूल देखिन्छ । प्रेमभाव वृद्धि हुनेछ । कार्यगति बढ्नेछ ।

तुला – व्यस्तता वृद्धि भएपनि साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । घर-जग्गा जोड्ने मौका जुर्नसक्छ । आरोग्यबल बढ्नेछ । पराक्रमी कार्यमा आकर्षण रहनेछ । सुख सुविधाको वस्तु खरिदमा खर्च बढ्ने देखिन्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

वृश्चिक – रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठनपाठनमा पनि प्रगति हुनेछ । सोचने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको योग छ । व्यापार-व्यवसाय विस्तार हुने देखिन्छ । तथापि, विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छन्, सजग रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । सुख वृद्धि होला । आरोग्यबल बढ्नेछ ।

धनु – सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । जीवनसाथीबाट पाइने साथ र सहयोगीजनको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । साझेदारीमा फाइदा होला । मान-महत्व प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आजको दिन नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरणको सम्भावना छ । स्थायी सम्पत्ति जोड्ने सम्भावना छ । तथापि, बुद्धि-विवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग रहेकोले विशेष सजगता अपनाइ व्यवहार गर्नु उचित हुनेछ । शक्तिमा अंकुश लाग्ला । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने समय छ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । आयआर्जनका स्रोत बढ्ने देखिन्छ । धार्मिक तथा सामाजिक काममा रुचि बढ्ला । मानसम्मान पनि पाइने योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – बिनाकारण अनेक चुनौतीको सामना गर्नुपर्ला । तर, आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउने योग छ । कर्मबल बढ्नाले भाग्यबल पनि वृद्धि होला । सुख-विलास बढ्नेछ ।