✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष १८ गते सन् २०२५ जनवरी २ तारिख बिहीबार पौष शुक्ल तृतीया तिथि श्रवण नक्षत्र हर्षन योग तैतिल करण आनन्दादिमा ध्वज योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः१९ मा हुनेछ ।
आजको राशिफल
मेष – मिश्रित फलदायी दिन छ । लाभका लागि महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । व्यावसायिक काममा फाइदा उठे पनि आर्जित रकम तत्काल खर्च हुन सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । आफू कमजोर भएको अनुभूति हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयास गर्नुहोला । राजकाजको काम या राजनीतिमा लागेका लाई विशेष सफलता मिल्ने देखिन्छ ।
वृष – काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने तथा अरूलाई प्रभावित पारेर काम लिन सकिने देखिन्छ । कीर्तिमानी काम सम्पादन होला । धर्मकर्ममा आकर्षण रहनेछ । विगतका निर्णयले काम बिग्रन सक्ने र बेसुरमा वचन दिने बानीले दुःख पाइने योग रहेकोले विशेष सजगताको खाँचो छ । मान्यजनको सुझावप्रति लचकदार बन्नु हितकर होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – आश्वासन दिएर झुक्याउनेहरूले सताउनसक्ने समय भएपनि गरीआएको कामलाई निरन्तरता दिन सकिनेछ । विभिन्न सहयोग र उपहार प्राप्त होला । आम्दानी बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । अरुको भर नपर्नु हितकर होला । पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – शुभदायी समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइएला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साझेदारीको काम बन्नेछ । परिवारिक सुख र प्रेमभाव वृद्धि होला । कर्मबल वृद्धि हुनाले यात्रापरक काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साथीभाइको साथ–सहयोगबाट शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको अवसर जुर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, सजग रहनुहोला । परिवारजनबाट टाढिनुपर्ने र आफ्नै कमजोरीले विवादमा परिने योग छ । आरोग्यबल बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
कन्या – कठोर परिश्रमका बाबजुद न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्चसमेत बढ्ने योग छ । पढाइलेखाइसम्बन्धी कार्यमा भने राम्रै प्रगति होला । प्रेमभाव वृद्धि र सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – काम बिग्रने भयले सताउन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । स्वास्थ्यगत समस्याले पनि केही सताउन सक्छ । स्वादिष्ट भोजनको माहोल मिले पनि खानपानमा सतर्कता अपनाउनु उचित हुनेछ । नियमित कार्यमा सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । व्यस्तता बढ्नेछ ।
वृश्चिक – अनुकूल समय छ । श्रमको उचित मूल्यांकन हुनेछ भने सहयोगीहरूले पनि राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । आफन्तको साथ–सहयोग प्राप्त हुनेछ । आरोग्यबल वृद्धि हुनाले पराक्रम बढ्ेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख-सुविधाको बस्तु खरिदमा खर्च बढ्न सक्छ । आलोचक पक्ष कमजोर रहनेछन् ।
धनु – द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्ने समय भएपनि गरिएका कर्मको उचित प्रतिफल पाइएला । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । विवेकको प्रयोग र आत्मसंयमताको शक्तिले शत्रुपक्ष तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । धन आर्जन गर्ने मौका जुर्ला । मान-महत्व बढ्नेछ । मिठो भोजन प्राप्तिले सुख प्रदान गर्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला । यात्राको व्यवस्थापनमा केही खर्च हुने देखिन्छ ।
मकर – खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिने तथा ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । समयमा होश नपुग्नाले खर्चमात्र हुने देखिन्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सम्भावना छ, सजग रहनुहोला । पढाइलेखाइमा खासै समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ ।
कुम्भ – सफलताका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नुपर्ला । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । काममा रोकावट र मानसम्मानमा आघात पुग्ने योग रहेकोले सतर्कताको खाँचो छ । यात्रागत कार्यमा खर्च वृद्धि होला । बौद्धिक र रचनात्मक कार्यमा राम्रै छ । नियमकानून पछ्याउँदा जिम्मेवारी निर्वाहमा सहजता हुनेछ ।
मीन – भाग्यबल बढ्नेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले जुनसुकै काममा फाइदा हुन सक्छ । आयआर्जन राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँगको भेटघाटले लाभ मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । सुख विलास बढ्नेछ ।
प्रतिक्रिया