आजको पञ्चाङ्ग एवम् राशिफल (१९ पौष २०८१ शुक्रबार, ३ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ पौष २०८१ शुक्रबार, ३ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष १९ गते तद्अनुसार सन् २०२५ जनवरी ३ तारिख शुक्रबार पौष शुक्ल पक्षको चतुर्थी तिथि धनिष्ठा नक्षत्र बज्र योग वणि करण आनन्दादिमा धाता योग चन्द्रमा मकर राशिमा १२ः२६ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः२० मा हुनेछ ।

आजको राशिफल

मेष – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने, तर धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको सफलता हातलग्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् भने परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – समय उत्साहवर्द्धक र मनोरञ्जनपूर्ण रहला । व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुने देखिन्छ । पितृधन समेत लाभ हुने योग छ । कामको सिलसिलामा फलदायी यात्राको सम्भावना छ । व्यापार-व्यवसायमा विशेष लाभ मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । श्रमको उचित परिणाम प्राप्तिको लागि निकै जोड लगाउनुपर्ला । सामाजिक कामको दायित्व बढ्नेछ भने अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । मिठो भोजन प्राप्त हुनेछ । विवेक र साहस वृद्धिका कारण शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – आजको दिन निर्णायक क्षमतामा कमी आउने र काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । सहयोगीले तपाईंको कमजोरीप्रति टीकाटिप्पणी गर्न सक्छन् । अलिक द्विविधामा परिने र शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । चुनौतीको सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ भने फाइदाको योग छ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – विगतका कमजोरीलाई सुधार गर्दै लाभदायी कर्मका साथ अघि बढ्ने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । भूमि तथा मातृधनबाट विशेष लाभ मिल्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । प्रेमभाव वृद्धिका साथै दामपत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ ।

कन्या – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ, धैर्यले काम लिने प्रयत्न गर्नुहोला । रोकिएका कामहरू सम्पादन हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । मित्रजनको सहयोग प्राप्त हुनाले उत्साह बढ्नेछ । कार्यगति बढ्नेछ ।

तुला – बाध्यतापूर्ण काममै समय बित्नसक्ने दिन छ । स्वास्थ्य कमजोर रहेको अनुभूतिका बाबजुद जिम्मेवारी बढिरहनेछन् भने सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लेनदेनमा विवाद आउने योग छ, सजग रही व्यवहार गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । सन्तानपक्षबाट सुख मिल्नेछ ।

वृश्चिक – काममा लगानीको समय छ । केही मात्रामा खर्च बढ्ला । तर, प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग पनि छ । मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्ने देखिन्छ । ध्यान राख्नुहोला– अरूको मात्र भर पर्दा धोकामा परिने छ । ब्यस्तता बढ्नेछ ।

धनु – पराक्रम बढ्ने एवम् भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । परिवारजनको भरणपोषणमा खर्च केही बढ्नाले उत्साहमा कमी आउला । तर, मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिने योग छ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । नयाँ सवारी साधन प्राप्तिको प्रयासमा हुनुहन्छ भने आज माहोल सकारात्मक बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ने देखिन्छ ।

मकर – व्यावसायिक काममा खर्च बढ्ने समय । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अप्रिय समाचारले खिन्नता उत्पन्न गराउने सम्भावना छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । सहयोगीहरूले हात झिक्नाले नियमित कार्यमा केही समस्या थपिने देखिन्छ । व्यापार व्यवसायमा पनि त्यत्ति फाइदा नहोला । सेवामूलक कामबाट भने प्रतिष्ठा मिल्ने योग छ । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ – भाग्योन्नतिको समय छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । पढाइमा राम्रै प्रगति हुने देखिन्छ । स्वास्थ्य केही कमजोर रहला, तर दैनन्दिन परिश्रमबाट भने मुक्ति मिल्ने सम्भावना देखिन्न । कठोर परिश्रमले काममा सफलता दिलाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामथ्र्य वृद्धि हुनेछ ।

मीन – विभिन्न अवसर पाइने समय भएपनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । तथापि, धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने योग छ । केही मात्रामा खर्च वृद्धि होला । आफन्तको साथ मिल्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।