✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष २० गते तद्अनुसार सन् २०२५ जनवरी ४ तारिख शनिबार पौष शुक्ल पक्षको पञ्चमी तिथि शतभिषा नक्षत्र सिद्ध योग बब करण आनन्दादिमा आनन्द योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः२१ मा हुनेछ ।
आजको राशिफल
मेष – बोलीको भरमा काम सम्पादन हुने र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । विशेष योजना कार्यान्वयनमा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ नै मिल्नेछ । मान-सम्मान बढ्ने र स्वास्थ्य सबल रहनेछ । आयस्रोत बढ्नेछ । यात्रागत कार्यमा सफल रहला । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम अघि बढ्ने देखिन्छ । आमोदप्रमोदमा दिन बित्ला ।
वृष – मिश्रित फलदायी समय छ । आम्दानी बढ्नेछ, उठ्नुपर्ने रकम पनि हातलागी हुने देखिन्छ । तथापि, भएको आम्दानी सञ्चय गर्न नसकिएला । धेरै श्रमपछि कममात्र प्रतिफल पाइने योग छ । ठगी, चोरमिा पर्ने सम्भावना रहेकोले विशेष सजग रहनु हितकर हुनेछ । बोली र व्यवहारले धेरैलाई आकर्षण गर्न सकिनेछ । सहयोगीहरूबाट आवश्यक काम निकाल्न सफल भइएला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – आजको दिन कामको दायित्व बढ्नेछ । आफ्नो वर्चश्वका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । विरोधि पक्षको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । परिवारजनमा खर्च बढ्ने देखिन्छ । नियमित कार्यमा खासै जाँगर चल्ने देखिन्न । अरूको विश्वास जिते पनि आफन्तजन असन्तुष्ट बन्न सक्छन् । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कर्कट – रोकिएका काम सम्पादन हुने र नयाँ जिम्मेवारी हात पार्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता वृद्धि होला । व्यवसायमा राम्रै प्रगति हुनेछ । आध्यात्मिक क्रियाकलापमा आकर्षण बढ्नेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला । जोखिम केही बढेपनि व्यापार तथा उद्योगतर्फ विशेष फाइदा हुने देखिन्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह – विगतको श्रमबाट राम्रै लाभ प्राप्त हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने प्रशंसकहरू बढ्नेछन् । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइने योग छ । व्यावसायिक काममा राम्रै फाइदा हुने देखिन्छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । रसरागका क्रियाकलापमा सरिक भइएला । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या – दिन उत्साहपूर्ण रहने देखिन्छ । सुखद समाचार सुन्न पाइनेछ । काममा सबै पक्षबाट सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका जुर्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा आर्जनको योग रहेकोले उत्साह र आत्मविश्वास उच्च रहला । पढाइलेखाइमा प्रगति हुने तथा बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृद्धि हुनेछ ।
तुला – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । निरर्थक भ्रमणमा समय बित्नसक्ने योग रहेकोले सोचविचार गरेर अघि बढ्नु उचित हुनेछ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, ध्यान राख्नुहोला । पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । विशेष योजनामा हात हाल्दैहुनुहुन्छ भने नियमकानूनले साथ दिनेछ ।
वृश्चिक – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर विद्यामा कमजोरी र लेनदेनमा विवाद पर्नसक्ने समय छ । इष्टदेवको पूजा-उपासना गर्नाले राहत मिल्नेछ । केही विवादमा समेत परिने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । दाम्पत्यजीवन सुखद रहने देखिन्छ । सवारी साधनको प्रयोगमा भने आजको दिन विशेष सावधानी अपनाउनु उचित हुनेछ । रोकिएको काम अतिरिक्त मिहेनतले बन्नेछ । आरोग्यता रहनेछ ।
धनु – रोकिएका काम सम्पादन हुने समय छ । पठनपाठनसम्बन्धी कार्यमा प्रगति हुनेछ भने विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला । आर्थिक अभावले भने केही सताउने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट पनि लाभ मिल्नेछ । नयाँ काममा हात हाल्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ ।
मकर – पराक्रम र उत्साह बढ्ने अनि आर्थिक उपार्जनमा सुधार आउने समय छ । केही परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । भाग्योन्नतिको योग रहेकोले सहयोगीहरूले साथ दिनेछन् र सोचेअनुसार सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुर्ला । आरोग्यबल बढ्नेछ । धनआर्जन गर्ने मौका जुर्ला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइ सहयोगी बनेर देखापर्नेछन् । आफन्तको साथ प्राप्त हुनेछ ।
कुम्भ – अलिक बाध्यताका काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ भने राम्रै आम्दानी हुने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त हुनेछन् भने सानो प्रयत्नले पनि राम्रै फाइदा उठाउन सकिने योग छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढेपनि दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । व्यक्तिगत खर्च बढ्न सक्छ । भूमि तथा मातृधनबाट भने लाभ लिन सकिनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न अवसर जुर्ला । मनोरञ्जनयुक्त यात्राको योग छ । सुखविलास बढ्ने देखिन्छ ।
प्रतिक्रिया