आजको पञ्चाङ्ग एवम् राशिफल (२२ पौष २०८१ सोमबार, ६ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ पौष २०८१ सोमबार, ६ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष २२ गते तद्अनुसार सन् २०२५ जनवरी ६ तारिख सोमबार पौष शुक्ल पक्षको सप्तमी तिथि उत्तराभाद्रपद नक्षत्र परिघ योग गर २ः१६ पर भद्रा करण आनन्दादिमा गद योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः२२ मा हुनेछ ।

आजको राशिफल

मेष – अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना रहेकोले विवेक र धैर्यले काम लिने समय छ । हातमा आएको प्रतिफल गुम्नसक्ने सम्भावना छ, ध्यान राख्नुहोला । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् भने अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । सामान्य आम्दानी भइरहनेछ भने खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा फाइदै हुनेछ तर यात्राको क्रममा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । प्रगतिको दर बढ्नाले आनन्द वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – मिश्रित फलदायी दिन छ । धर्मकर्ममा आकर्षण बढ्नेछ भतर छरछिमेकमा केही असमझदारी बढ्ने योग रहेकोले विशेष सजगता अपनाउनुहोला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग छ, बोली र व्यवहारमा संयमता अपनाउनुहोला । व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला ।

कर्कट – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिन सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला, ध्यान राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने दिन छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । गरी आएका काम र व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । शोख पूरा गर्नमा केही खर्च बढ्न सक्छ । आरोग्यबल बढ्नेछ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

कन्या – लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिने समय छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने योग छ । मुद्दा–मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आफन्तको साथले कार्यगति बढ्नेछ ।

तुला – कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । प्रतिष्ठित काम सम्पादन गर्ने र प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । आरोग्यबलका साथै प्रेमभाव बढ्नेछ ।

वृश्चिक – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । गोपनियतामा विशेष ध्यान दिनु हितकर होला । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । चुनौतीका बाबजुद पराक्रम बढ्नेछ । आरोग्यबल बढ्नेछ ।

धनु – आश मारेको काम बन्नाले उत्साह जागृत होला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुने देखिन्छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्न सहज होल । मिठो भोजन प्राप्त हुनेछ । सुख बढ्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने देखिन्छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने योग छ । परक्रम वृद्धिका साथै नयाँ जिम्मेवारी पाइएला । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने सामथ्र्य बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – पढाइलेखाइमा प्रगतिका साथै प्रतिभाको कदर हुने समय छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । तथापि, चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने अवस्था पनि आउनसक्छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

मीन – श्रमको उचित मूल्यांकन हुने समय छ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ तर चुनौती चिर्दै लामो समयदेखि रोकिएको काम बन्ने देखिन्छ । आम्दानीको स्रोत वृद्धि होला । पारिवारिक आवश्यकता पूर्ति हुनेछ । आफन्तको साथले सुख आनन्द बढ्ला ।