केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएपछि एमाले केन्द्रीय कमिटी बैठक लम्बियो

केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएपछि एमाले केन्द्रीय कमिटी बैठक लम्बियो


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले भोलि (२३ पुस) मङ्गलबार पनि बैठक हुने भएको छ ।

आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

दुई दिनमा सम्पन्न गर्ने भनिएपनि केन्द्रिय समिति बैठक भोलि बिहान ११ बजे पुनः बस्ने जनाइएको छ ।