आजको पञ्चाङ्ग एवम् राशिफल (२४ पौष २०८१ बुधबार, ८ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ पौष २०८१ बुधबार, ८ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष २४ गते तद्अनुसार सन् २०२५ जनवरी ८ तारिख बुधबार पौष शुक्ल पक्षको नवमी तिथि अश्विनी नक्षत्र सिद्धि योग तैतिल करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः२४ मा हुनेछ । नेपाल ज्योतिष परिषद् स्थापना दिवस ।

आजको राशिफल

मेष – प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । अप्ठ्यारो परिस्थितिमा पनि केही महत्वपूर्ण काम बन्ने समय छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । खेलकूद तथा आमोदप्रमोदमा आकर्षण बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । आश मारेको फल पुनः प्राप्त हुन सक्छ । केही समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । प्रगतिको दर बढ्ने देखिन्छ । रचनात्मक काममा विशेष सफलता मिल्नेछ । विपरीतलिंगीको साथ/समर्थनले उत्साह बढाउला ।

मिथुन – आँट/पराक्रम बढ्ने र बौद्धिकताले विशेष सफलता दिलाउने समय छ । केही चुनौती सामना गर्नुपर्ला, तर व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा हुने योग पनि छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । स्वास्थ्य केही कमजोर रहनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – प्रेमको बन्धन कसिने तथा दाम्पत्य सम्बन्धमा रमाउने समय छ । दिन मनोरञ्जनपूर्ण रहला । सोख पूर्तिका लागि खर्च बढ्ने देखिन्छ । नयाँ काम पाइने सम्भावना छ, तर आलस्यले गर्दा अवसर गुम्न सक्छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुहोला । जोखिमको काममा साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह – बिनाप्रतिस्पर्धा फाइदा हुने समय भएपनि अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुने देखिन्छ, ध्यान राख्नुहोला । व्यवहारबाट नयाँ ज्ञान सिक्ने मौका जुर्ला । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । आरोग्यबलका साथै रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । मनोरञ्जनात्मक यात्रा हुनसक्छ ।

कन्या – अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । तर्ककै आधारमा अधिकार स्थापित गर्न सकिने योग छ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिएला । प्रेमभाव वृद्धि तथा गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला – खर्चको मात्रा केही बढेपनि चुनौती चिर्दै काम सम्पादन गर्न सकिने समय छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । व्यवसायमा लगानी बढाउन सकिनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सजगता अपनाउनुहोला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – व्यापारलगायत आर्थिकलाभ हुने काममा राम्रैसँग जाँगर चल्ने देखिन्छ । पराक्रम वृद्धि भइ रोकिएका काम बिस्तारै बन्नेछन् । नियमित कर्ममा व्यस्तता बढ्नेछ । स्वादिष्ट भोजनमा मन रमाउला । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्ने समय छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाउनुहोला । पठनपाठनमा राम्रै प्रगति हुनेछ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामथ्र्य वृद्धि होला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – व्यस्तता बढ्नेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ, ध्यान राख्नुहोला । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा हितकारी सावित हुनेछ । भेटघाटको अलमलले नोक्सान पार्न सक्छ, समयको महत्व बुझेर व्यवहार गर्नुहोला । बौद्धिक एवम् रचनात्मक कार्यमा विशेष सफलता मिल्ने समय छ ।

मकर – समय केही चुनौतीयुक्त रहला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने देखिन्छ । कमजोर मानसिकताले पछि परिने तर हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुने योग छ । मन दृढ तुल्याउन सके रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । प्रतिस्पर्धी सजिलै परास्त हुनेछन् । आरोग्यता रहनेछ ।

कुम्भ – गरिएका कर्मको उचित प्रतिफल पाइनेछ, तर पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु उचित होला । बेसुरमा वचन दिने बानीले दुःख पाइन सक्छ, ध्यान राख्नुहोला । धन आर्जन गर्ने मौका जुर्ने देखिन्छ । पारिवारिक जमघटमा मन रमाउला । मिठो भोजन प्राप्त हुनेछ । सामथ्र्य वृद्धि भइ आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । शुभचिन्तकको सहयोग र विवेकको सही प्रयोगले लक्ष्य पहिल्याउन सकिएला । लगनशीलताले राम्रै उपलब्धि दिलाउने योग छ । आरोग्यबल बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछन् ।