✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष २५ गते तद्अनुसार सन् २०२५ जनवरी ९ तारिख बिहीबार पौष शुक्ल पक्षको दशमी तिथी भरणी नक्षत्र साध्य योग वणि करण आनन्दादिमा पद्म योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः२४ मा हुनेछ ।
आजको राशिफल
मेष – व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । नियमित कार्यको सन्दर्भमा केही कमजोर सावित भइएला, तर वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । परिवार तथा साथीभाइको सहयोग प्राप्त हुनुका साथै आफन्त एवम् परिवारजनमा आत्मीयभाव बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम पुनः अघि बढ्ने देखिन्छ । प्रतिस्पर्धी परास्त हुनेछन् ।
वृष – आयआर्जनका स्रोत बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रशन्न रहला । अध्ययन तथा अध्यापन कार्यमा प्रगतिको समय रहेको छ । ब्यापारबाट रार्मै धनलाभ हुने देखिन्छ । भौतिक साधनहरू जुट्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । सुख वृद्धि होला । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला ।
मिथुन – कुनै लाभदायी काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा होला । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् भने नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको योग छ । काममा स्थानान्तरण हुन पनि सक्छ । यात्राको सम्भावना छ र यात्रा सुखदायी रहला । घर–जग्गासम्बन्धी कार्य गर्दै हुनुहन्छ भने केही समय थाती राख्नु उचित हुनेछ । बन्धुबान्धवसँग असमझदारी बढ्ने सम्भावना छ । आरोग्यबल बढ्नेछ ।
कर्कट – अति आवश्यक अवस्थामा बाहेक आजको दिन आर्थिक कारोवार नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरणको सम्भावना छ । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ । तर, खर्च भने अप्रत्यासित रुपमा वृद्धि हुन सक्छ । रचनात्मकता बढ्नेछ, तर प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथीभाइको सहयोग प्राप्त हुनाले सुख वृद्धि हुनेछ ।
सिंह – भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुने समय छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । हातमा आएका केही अवसर गुम्न सक्छन् । चोटपटकको योग भएकोले आजको दिन सवारीसाधन वा हातहतियारको उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
कन्या – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्ने योग छ । आफ्नै कमजोरीले परिवारजनमा भने असन्तुष्टि बढ्न सक्छ । खर्च केही वृद्धि र नियमित कार्यमा पनि दौडधुप बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।
तुला – आँटेको काममा सफलता मिल्ने दिन छ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन होला । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । तर, समयमै निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । सेवामूलक कामले भने प्रतिष्ठा दिलाउनेछ । आरोग्यबल बढ्ने एवम् साहसिक कार्यप्रति विशेष लगाव रहला ।
वृश्चिक – बाध्यताले अप्ठ्यारोमा पार्न सक्ने समय छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा पनि केही विवाद आउने योग छ । अन्धविश्वासमा परेर काम गर्नाले दुःख पाइनेछ, ध्यान राख्नुहोला । धार्मिक एवम् सामाजिक काममा बाधा सृजना हुन सक्छ । आरोग्यता रहनेछ ।
धनु – अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, तर मानसम्मानका साथमा राम्रै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्ने देखिन्छ । राष्ट्रियस्तरकै मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँगको भेटघाट महत्वशाली रहला । मंगलमय काम सम्पादन हुनेछ । प्रेमभाव वृद्धि, मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । खेलकुद एवम् भ्रमणमा आकर्षण बढ्नेछ । व्यावसायिक काममा भने खर्च केही बढ्नेछ ।
मकर – उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । शुभदायी परिणामका लागि व्यस्तता बढ्ने देखिन्छ । नियमकानूनले साथ दिनाले भएको दायित्व पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । स्थायी सम्पत्ति बढाउन सकिएला । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अध्ययन-अध्यापनमा प्रगति होला । सामथ्र्य वृद्धिले महत्वपूर्ण काममा सफलता मिल्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ने देखिन्छ ।
मीन – व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च केही बढ्न सक्छ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउने योग छ, सजग रहनुहोला । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइने सम्भावनाका कारण बोली र व्यवहारमा सतर्कताको दरकार छ । स्वास्थ्य केही कमजोर रहन सक्छ ।
प्रतिक्रिया