राजाको प्रश्न- ‘परायाबाट सृजित वाद र विवादको चक्रब्युहमा हामी किन फसिरहेका छौँ ?’

राजाको प्रश्न- ‘परायाबाट सृजित वाद र विवादको चक्रब्युहमा हामी किन फसिरहेका छौँ ?’


३०३औं पृथ्वीजयन्ति तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहले शुभकामना सन्देश दिनुभएको छ । भिडिओमार्फत बिहीबार (२५ पुस) जारी सन्देशमा राजा ज्ञानेन्द्रले भन्नुभएको छ- ‘देश, देशरक्षा र देश समृद्धिको सम्पूर्ण दर्शन बडामहाराजधिराज पृथ्वीनारायणबाट बक्सेको दिब्य उपदेशबाट लिन सकिने अवस्था रहँदारहँदै हामीमध्यकै कतिपय दाजुभाइ-दिदीबहिनी किन परायाबाट सृजित वाद र विवादको चक्रब्युहमा फसिरहेका हुन् ? हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’

यस्तो छ राजा ज्ञानेन्द्रबाट जारी शुभकामना सन्देशको श्रव्य-दृश्य :

https://drive.google.com/file/d/1fxpYZH55MAKLV4l5IUruFH9NkKl3N8cH/view