✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष २६ गते तद्अनुसार सन् २०२५ जनवरी १० तारिख शुक्रबार पौष शुक्ल पक्षको एकादशी तिथि ९ः३६ पर द्वादशी तिथि कृतिका नक्षत्र शुभ योग बब करण आनन्दादियोगमा छत्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२५ मा हुनेछ । पुत्रदाएकादशी व्रत ।
आजको राशिफल
मेष – अरूका काममा समय बित्ने र उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने दिन छ । काम पूरा नहुनाले मन खिन्न रहला । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, सावधानी अपनाउनुहोला । सामाजिक कार्यमा आकर्षण रहनेछ । इष्टमित्र सहयोगी बनेर देखापर्लान् ।
वृष – सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग छ । प्रतिकुलताका बाबजुद साहस बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – चुनौतीयुक्त समय छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । प्रतिष्पर्धीले फसाउन सक्छन्, सजग रहनुहोला । आफू कमजोर भएको अनुभूति हुनेछ । मेहनतअनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न मुस्किल पर्ने योग छ । बौद्धिकता र रचनात्मकता चाहिँ बढ्नेछ ।
कर्कट – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइएला । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने देखिन्छ । आय वृद्धिले आनन्द बढाउनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । आरोग्यता रहनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । पारिवारिक सुखशान्ति बढ्नेछ ।
कन्या – आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर होला । भाग्य वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । जोखिम बढेपनि कार्यमा सफलता प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सम्बन्ध सुखमय बन्नेछ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । सुख-सुविधाको बस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन्, सजग रहनुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । साहस वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ ।
मकर – व्यवसायिक काममा खर्च बढ्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउने योग छ । पढाइलेखाइमा प्रगति गर्न सकिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला ।
कुम्भ – ब्यस्तता बढ्नेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । तथापि, नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ । आत्विश्वास भने कायम रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।
मीन – भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । व्यापारमा राम्रै फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनुका साथै भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । पराक्रम वृद्धि हुने र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
प्रतिक्रिया