प्रधानमन्त्री ओलीसँग राप्रपा (नेपाल)का अध्यक्ष थापाको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग राप्रपा (नेपाल)का अध्यक्ष थापाको भेटवार्ता


प्रधानमन्त्री केपी ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भेट गरेका छन् । भेटको अवसरमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका बारेमा विचारविमर्श भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

राष्ट्रिय एकता दिवसका अवसरमा पार्टीले भोलि (२७ पुस) अपराह्न आयोजना गर्ने स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई अध्यक्ष थापाले आमन्त्रण गरेको बताइएको छ ।