आजको पञ्चाङ्ग एवम् राशिफल (२७ पौष २०८१ शनिबार, ११ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ पौष २०८१ शनिबार, ११ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष २७ गते तद्अनुसार सन् २०२५ जनवरी ११ तारिख शनिबार पौष शुक्ल पक्षको द्वादशी तिथि ७ः४१ पर त्रयोदशी तिथि रोहिणी नक्षत्र शुक्ल योग कौलव करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः२६ मा हुनेछ । शनिप्रदोषव्रत, पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस, मुस्याडुली ।

आजको राशिफल

मेष – आजको दिन चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । धन बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नुका साथै प्रतिष्ठा, मान-सम्मान आदि पाइने योग छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । यात्रागत कार्य सार्थक रहनेछ । आमोदप्रमोदमा रम्ने समय छ ।

वृष – प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले दिन फुर्सदिलो रहला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ, सजग रहनुहोला । शुभ समाचार प्राप्तिले आनन्द वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । परिवारिक साथ-सुखले उत्साह बढाउनेछ ।

मिथुन – दिन उतारचढावयुक्त रहला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । तथापि, समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । आमाको माध्यमबाट काम बन्नसक्छ । खर्चमा केही वृद्धि हुने देखिन्छ । पराक्रम वृद्धि र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने अर्थात् परिश्रमको उचित परिणाम प्राप्त होला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । विशेष योजनामा साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहने र काममा पनि फाइदाको योग छ । उद्योग र व्यापारमा हुनेले विशेष फाइदा आर्जन गर्ने देखिन्छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । रसरागमा आकर्षण बढ्नेछ । सुखद यात्रा हुने देखिन्छ । पारिवारिक सुख मिल्नेछ ।

कन्या – कार्यगति बढ्ने र गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहला । आम्दानी बढ्ने तथा धनार्जनको योग छ । आफन्त एवम् मित्रजनको साथले जस्तोसुकै समस्याकको समाधान मिल्ने देखिन्छ । यात्रागत कार्य शुभ र सार्थक रहला ।

तुला – प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ, तर दौडधुप भने बढ्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ, ध्यान राख्नुहोला । नजिकका साथीभाइ टाढिन सक्छन्, महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । यशवर्चश्व बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुने देखिन्छ ।

वृश्चिक – ठीक समयमा सही निर्णय लिन सकिने समय छ । आश मारेको कामले उत्साह जगाउला । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्ने देखिन्छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । दाम्पत्यसुख बढ्नेछ । सामथ्र्य र सुख वृद्धि हुनेछ । शत्रुपक्ष कमजोर हुनेछ ।

धनु – बोली र व्यवहारको प्रभावले धेरैको मन लोभ्याउन सकिने समय छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिएला । तथापि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनु उचित हुनेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्तिले सुख-सन्तोष वृद्धि गर्ने देखिन्छ । रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर – आजको दिन आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । आफन्तको साथ मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।

कुम्भ – परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउला । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने योग भएकोले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु उचित होला । व्यस्तता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुने योग छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले भने तनाव सिर्जना गराउन सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।