आजको पञ्चाङ्ग एवम् राशिफल (२८ पौष २०८१ आइतबार, १२ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ पौष २०८१ आइतबार, १२ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष २८ गते तद्अनुसार सन् २०२५ जनवरी १२ तारिख आइतबार पौष शुक्ल पक्षको चतुर्दशी तिथि मृगशिरा नक्षत्र ११ः२७ परआद्र्रा नक्षत्र ब्रम्हा योग गर करण आनन्दादिमा सौम्य योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः२७ मा हुनेछ ।

आजको राशिफल

मेष – मेहनतले विशेष उपलब्धि आर्जन गर्न सकिने समय भएपनि अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुऱ्याउनेहरू बढ्न सक्छन्, कदम-कदममा सावधानी अपनाउनुहोला । फजुल खर्च पनि बढ्ने देखिन्छ । सामाजिक कार्यमा मानसम्मान मिल्ला । सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको साथ रहला ।

वृष – आश मारेको कामले उत्साह जगाउने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउने योग छ । स्वास्थ्यका लागि आजको दिन आहारविहारमा विशेष ध्यान पुऱ्याउनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – सामाजिक उत्तरदायित्व बहन गर्दै पछि फाइदा हुने काम हात पार्ने समय छ । तर, प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, सजग रहनुहोला । खर्च केही बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । पराक्रम बढ्नेछन् । यात्रागत कार्य गर्दैहुनुहन्छ भने सफलता मिल्ने दिन छ ।

कर्कट – शुभदायी दिन छ । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्ला । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्ने योग छ । शत्रुमाथि विजय प्राप्त होला । रसरागको भाव वृद्धि हुनेछ ।

सिंह – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । तर, कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु उचित होला । आय वृद्धिका साथै रसरागको कार्यमा आकर्षण बढ्नेछ । यात्रा शुभ रहला । कलात्मक काममा सफलता मिल्नेछ । परिवारजनको साथले उत्साह जगाउनेछ ।

कन्या – केही सुख केही दुःखको अनुभूति हुने दिन छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ, सचेत रहनुहोला । पढाइलेखाइका लागि समय खासै उत्तम देखिन्न । कर्मबल बढ्नेछ रपनि व्यावसायिक काममा त्यत्ति फाइदा नहोला । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला – यशवर्चश्व बढ्ने र साहसिक काममा आकर्षण बढ्ने समय छ । मेहनतको फल प्राप्त हुनाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका मिल्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – दिन शुभदायी छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हेला । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तर, अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूर्ति नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ख्याल राख्नुहोला । सामथ्र्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुने देखिन्छ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष कमजोर हुनेछ ।

धनु – बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउन सकिएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । दामपत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोऱ्याउनुपर्ने हुन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने योग भएकाले होसियारीसाथ काम लिनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यबलका साथ रसरागमा आकर्षण बढ्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – मिश्रित फलदायी समय छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिने सम्भावना छ । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला । प्रेमभाव बढ्नेछ, मिठो भोजन प्राप्त हुनेछ ।

मीन – तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ, तर आज काम बिग्रने डरले सताइरहने सम्भावना छ । समयमै सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । पराक्रम वृद्धि हुनाले शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथले समस्याको समाधान मिल्ने देखिन्छ ।