रवि लामिछाने फेरि प्रहरी हिरासतमा

रवि लामिछाने फेरि प्रहरी हिरासतमा


काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा बयानका लागि अदालतमा उपस्थित भएका रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार (२९ पुस) १० बजे इजलासमा निजलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको हो । आइतबार थुनछेक बहस नभएकाले लामिछानेलाई हिरासतमा पठाइएको हो ।

‘काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका रास्वपाका सभापति लामिछानेको आजका लागि बयान लिने काम भयो’, काठमाडौं अदालतमा स्रेस्तेदार रामु शर्माले भनेका छन्, ‘भोलि १० बजे इजलासमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।’