आजको पञ्चाङ्ग एवम् राशिफल (२९ पौष २०८१ सोमबार, १३ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ पौष २०८१ सोमबार, १३ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष २९ गते तद्अनुसार सन् २०२५ जनवरी १३ तारिख सोमबार पौष शुक्ल पक्षको पूर्णिमा तिथि आद्र्रा नक्षत्र ऐन्द्र योग १ः७ पर वैधृति योग भद्रा करण आनन्दादिमा काल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः२८ मा हुनेछ । पूर्णिमा व्रत, श्रीस्वस्थानी व्रत सुरु ।

आजको राशिफल

मेष – परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । गोपनीयतामा विशेष ध्यान पु ऱ्याउनु उचित होला । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ । धन, मान, महत्व बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – समय शुभदायी छ । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपर्ने देखिन्छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । लामो यात्राको गर्ने अवसर जुट्न सक्छ । आरोग्यबल बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तजनको साथले उत्साह बढ्नेछ ।

मिथुन – पछिसम्म फाइदा हुने काममा लगानीको अवसर प्राप्त हुने समय छ । व्यापारमा राम्रै लाभ होला । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानमा ध्यान दिनुहोला । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । सभासमारोहमा मान–पुरस्कार प्राप्त हुने योग छ ।

कर्कट – कर्मबल वृद्धि हुने र विशेष कार्यमा साथीभाइको सहयोग प्राप्त हुने समय छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । अवसर प्राप्त भए पनि काममा हात हाल्नु अघि राम्ररी विचार पुऱ्याउनुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, सजग रहनुहोला । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्ने समय छ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु उचित होला । इर्ष्या गर्नेहरूबाट आजको दिन विशेष सावधान रहनुपर्नेछ । उन्नति पदोन्नति हुनेछ । पारिवारिक सुख बढ्ने देखिन्छ ।

कन्या – दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । नयाँ कामको प्रस्ताव आउने र पहिलेका कमी–कमजोरीलाई पनि सुधार गर्ने अवसर जुर्ला । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । कर्मबल बढ्नेछ । धन आर्जन हुने योग छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । पराक्रम वृद्धि भइ समस्याको समाधान मिल्ने देखिन्छ ।

तुला – आश मारेको काम बन्नाले उत्साह जागृत हुने समय भएपनि छरछिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रनसक्ने देखिन्छ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ । तथापि, उपलब्धिको स्रोत पहिल्याउन सकिएला । अरूका काममा ज्यादा समय खर्चनुपर्ने योग छ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ ।

वृश्चिक – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । व्यापार-व्यवसायमा खासै उपलब्धि हासिल गर्न नसकिएला । इष्र्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन्, सावधानी अपनाउनुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नुहोला । अरूको भरपर्दा धोका पाइएला । गोपनीयतामा विशेष ध्यान दिनुहोला । योजना र बजेट बनाएर मात्र आर्थिक कारोबार गर्नुहोला ।

धनु – बोली र व्यक्तित्वको प्रभावले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । पहिले रोकिएको कामको प्रतिफल प्राप्त हुने समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने सम्भावना प्रवल छ । जथाभावी आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, ख्याल राख्नुहोला । दामपत्यसुख बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुने र आरोग्यबल बढ्ने योग छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – आजको दिन केही प्रतिकुल रहेको अनुभूति होला । नातेदारहरुसँग विवाद वा झैझगडा पर्न सक्छ । आर्थिक समस्या पनि पर्न सक्ने योग छ ।सवारीसाधन चलाउदा आज विशेष सावधान रहनु हितकर होला । वादविवादमा परिने सम्भावना भएकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा महत्वपूर्ण योजना कार्यान्वयन नहुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । प्रतिकुलताका बाबजुद दायित्वलाई पूरा गर्नुहुनेछ ।

मीन – प्रशंसकहरू बढ्ने, मान-सम्मान पाइने समय छ, तर गरिरहेको काममा भने केही समस्या पर्न सक्छ । विचारले धेरैलाई प्रभावित पार्न सकिएला । चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । आजको दिन फाइदाको मात्र पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला ।