✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ माघ १ गते तद्अनुसार सन् २०२५ जनवरी १४ तारिख माघ कृष्ण पक्षको प्रतिपदा तिथि मंगलबार पुनर्वसु नक्षत्र विषकुम्भ योग बालव करण आनन्दादिमा गद योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । माघेसंक्रान्ति, उत्तरायण सुरू ।
आजको राशिफल
मेष – दिन सुखदायी रहला । विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रशन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नाले प्रशन्नता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित रहला । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सावधानी अपनाउनुहोला । रोकिएको काममा सफलता मिल्नेछ ।
वृष – आजको दिन खर्चमा केही वृद्धि हुन सक्छ, तर आफ्नै प्रयासले आर्थिक लाभ मिल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । शुभ समाचार प्राप्त हुनसक्छ । सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्, तर भाग्यको प्रवलताले नतिजा तपाईंकै पक्षमा रहनेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – समय केही चुनौतीयुक्त रहने देखिन्छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने योग छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइएला । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन नदिनु उचित हुनेछ । स्वास्थ्य केही कमजोर रहनसक्ने भएकोले विशेष सजगताको दरकार छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने र सो सम्बन्धबाट उत्साह जागृत हुनसक्छ ।
कर्कट – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आलोचकहरू आक्रामक बन्न सक्छन्, तर जित तपाईंकै हुने देखिन्छ । आरोग्यबल बढ्नेछ ।
सिंह – बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्ने समय छ । पारिवारिक सुखशान्ति बढ्नुका साथै कार्यमा सफलता मिल्नेछ । अध्ययन–अध्यावनमा राम्रो प्रगति होला । हिम्मतले काम लिने प्रयास गरे आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या – शुभता बढ्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् भने आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्ला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । रमाइलो यात्रा गर्ने मौका जुर्ला । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु उचित हुनेछ । होला । आफन्तको साथले कार्यगति बढ्नेछ ।
तुला – मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिने समय छ । केही खर्च लाग्ने तर सोचेको काम बन्ने देखिन्छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । कर्मबल वृद्धि होला । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ भने प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
वृश्चिक – आजको दिन केही चुनौतीयुक्त रहला । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । लाभका लागि आफ्ना योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा विशेष सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, बोली र व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । रोकिएको काम विशेष मिहेनतले बन्नेछ । आरोग्यता रहनेछ ।
धनु – दौडधुप बढेपनि हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । प्रेम र मित्रताको गाँठो कसिने देखिन्छ । सुख बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
मकर – काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने समय छ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा होला । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ । तर, प्रतिस्पर्धीहरूबाट सजग रहनु हितकर होला । पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइने समय छ । फाइदाको पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ, ध्यान राख्नुहोला । खर्च केही बढ्न सक्छ । अध्ययन कार्यमा पछि परिने सम्भावना छ । रचनात्मक कार्यमा मन जाला ।
मीन – प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने समय छ । प्रेमभाव वृद्धि होला । बोलीको भरमा काम सम्पादन हुने योग छ । प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुने देखिन्छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ, तथापि नतिजा तपाईंकै पक्षमा हुनेछ । आरोग्यबल बढ्नेछ । सुख सुविधाको वस्तु प्राप्त हुनेछन् ।
प्रतिक्रिया