गैँडाको आक्रमणबाट मृत्यु

गैँडाको आक्रमणबाट मृत्यु


गैँडाको आक्रमणबाट चितवनको माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–३ का ५६ वर्षीय छविलाल वोट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गौतम मिश्रले नजिकैको जङ्गलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

यसैबीच, माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएका एक जना देवघाटको झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन् । लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका हुन् । परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

symbolic image