आजको पञ्चाङ्ग एवम् राशिफल (२ माघ २०८१ बुधबार, १५ जनवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ माघ २०८१ बुधबार, १५ जनवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं.२०८१ माघ २ गते तद्अनुसार सन् २०२५ जनवरी १५ तारीख बुधबार माघ कृष्ण पक्षको द्वितीया तिथि तिष्य नक्षत्र प्रीतियोग तैतिल करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२९ बजे हुनेछ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस ।

आजको राशिफल

मेष – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् तर विगतका समस्या बल्झिन सक्छन् । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुन सक्छ । व्यापार-व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रागत कार्य आजको दिन थाती राख्नु उचित हुनेछ ।

वृष – आश मारेको काम बन्नाले उत्साह जाग्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । विशेष योजनाहरू बन्नेछन् । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ तर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । शुभ समाचार प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – थोरै उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । लगानी र श्रमको उचित मूल्य नमिल्न सक्छ । समुदायको हितमा राम्रै काम गर्न सकिएला । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – इर्ष्यालुजनले काममा अवरोध गर्नसक्ने समय छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । विशेष योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । रोकिएको काम बन्नेछ ।

सिंह – आजको दिन रोकिएका काम बन्नाले उत्साह जाग्ने देखिन्छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्ने योग छ । तथापि, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । प्रेमको बन्धन कसिनेछ । सवारीसाधन उपयोग गर्दाचाहिँ आज विशेष सावधानी अपनाउनुपर्ला । रसरागको कार्यक्रममा आकर्षण रहनेछ ।

कन्या – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – बाध्यताका काममा जुट्नुपर्ने समय छ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । विपरीतलिङ्गीको माध्यमबाट फाइदा हुने योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । पुरानो सम्झौता भंग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा काम बन्नेछ । कर्मबल वृद्धि हुनेछ । यात्रामा समस्या आउनसक्छ, यात्रागत कार्य थाती राख्नु हितकर होला । यशवर्चश्व बढ्नेछ ।

वृश्चिक – चुनौतीपूर्ण कामको दायित्व बढ्नाले धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । रोकिएको काम मिहेनतले बन्नेछ । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ ।

धनु – बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख प्रदान गर्ला । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । यसका बाबजुद लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – पढाइलेखाइमा प्रगति हुने समय भएपनि व्यावसायिक काम बीचमा अवरुद्ध बन्नसक्ने योग छ । तथापि, आम्दानी बढ्नेछ, आतिथ्यपूर्ण सम्मान प्राप्त होला । प्रेमको बन्धन कसिने देखिन्छ । दाम्पत्यजीवन सुखद रहला । मिठो भोजन प्राप्त हुनेछ । सकारात्मक कार्यको लागि व्यस्तता बढ्ला । रोग र शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – विशिष्टजनको विशेष सहयोग जुट्ने समय छ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । काम बिग्रने भयले सताउन सक्छ, ख्याल राख्नुहोला । धैर्यको जरुरत छ, अन्यथा दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिल्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – समय केही चुनौतीयुक्त रहला । आफन्तको साथ मिलेपनि बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन् । सरकारी कडिकडाउको सिकार भइने योग छ । सोख पूरा गर्नमा खर्च हुनेछ । आरोग्यता रहनेछ । प्रेमभाव वृद्धि होला । सुख सुविधाको बस्तु बढ्नेछन् ।