नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र तत्कालीन नेपालको शान्तिप्रक्रियामा आफ्नै प्रकारको भूमिका खेलेका तत्कालिक अनमिनका नेपाल प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको छ ।
बेलायतको भ्रमणमा रहेका डा. कोइराला र मार्टिनबीच नेपालको शान्तिप्रक्रियाका विविध विषयमा छलफल भएको बताइएको छ । भेटमा मार्टिनले अहिलेसम्म पनि नेपालको शान्तिप्रक्रिया नटुङ्गिएकाले यसलाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्याउन सुझाव दिएका थिए ।
नेता कोइरालाको निजी सचिवालयका अनुसार उनले शान्तिप्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताएका थिए । तत्कालीन समयमा विद्रोहमा रहेको दलसमेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले सङ्क्रमणकालीन न्यायलाई चाँडो टुङ्ग्याउन मार्टिनले डा. कोइरालालाई आग्रह गरेका थिए ।
प्रतिक्रिया