लामिछानेलाई साठी लाख धरौटीमा रिहा गर्न आदेश

लामिछानेलाई साठी लाख धरौटीमा रिहा गर्न आदेश


कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० लगेको अभियोग लागेका रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले रु. ६० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ ।

प्रहरीको अनुसन्धानपछि लामिछानेविरुद्ध रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० बिगो माग दाबी गरिए पनि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

सभापति लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए भने बचतकर्ता (जाहेरवाला)को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र सहायक न्यायाधिवक्ता गणेशकुमार शर्माले जवाफी बहस गरेका थिए ।

सो मुद्दामा सहकारीपीडितका तर्फबाट वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा दिनेश त्रिपाठी बहस गरेका थिए ।

file photo