✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ माघ ३ गते तद्अनुसार सन् २०२५ जनवरी १६ तारीख गुरुवार माघ कृष्ण पक्षको तृतीया तिथि अश्लेषा नक्षत्र १२ः८ पर मघा नक्षत्र आयुष्मान योग वणि करण आनन्दादिमा अमृत योग चन्द्रमा कर्कट राशिमा १२ः८ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः३० मा हुनेछ ।
आजको राशिफल
मेष – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तत्कालका लागि भने प्रयत्न र परिश्रमका बाबजुद मौकाको फाइदा उठाउन मुस्किल पर्ला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । तार्किक क्षमता बढ्नेछ भने विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुने देखिन्छ । प्रेमभाव वृद्धि हुनेछ । खेलकूद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ ।
वृष – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा होला । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ, तर इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन्, सजग रहनुहोला । पराक्रम र आरोग्यबल बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । परिवारिक सथले उत्साह बढाउला ।
मिथुन – सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ, तथापि परिवारजनको साथले कर्मप्रति उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्ने समय छ । श्रद्धा र परोपकारमा मन जाला । स्वास्थ्यमा केही कमजोरी अनुभव हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । विशेष कामको लागि यात्रा गर्दै हुनुहुन्छ भने आजको दिन सुखद परिणामदायी छ ।
कर्कट – आजको दिन अर्काको काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । मनमा अनावश्यक चिन्ता उठ्नाले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । यात्राको पनि समय छ । मिठो भोजन प्राप्त हुने देखिन्छ । समस्याको अवस्थामा मित्रजनको सहयोग प्राप्त हुनेछ । चुनौतीका बाबजुद रसरागमा आकर्षण बढ्ने समय छ ।
सिंह – मिश्रित फलदायी समय छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, ध्यान राख्नुहोला । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापप्रति आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख रहनेछ ।
कन्या – राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने समय छ । व्यापारमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुने योग छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने सम्भावना प्रवल छ । मित्रवर्गबाट विभिन्न सहयोग र उपहार पाइएला । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान समेत पाइएला । आयबल बढ्नेछ ।
तुला – आलस्य नगरी मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । आफन्तजनको साथ प्राप्त हुनेछ । अनावश्यक भ्रमण हुनसक्ने सम्भावना रहेकोले त्यसलाई टार्ने प्रयत्न गर्नु हितकर होला । आजको दिन स्वास्थ्यगत समस्याले सताउने योग छ, सजग रहनुहोला । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – उद्योग र व्यापारमा फाइदा हुने, प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिने समय छ । तथापि, सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । चुनौतीका बाबजुद सामथ्र्य वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । सुख वृद्धि हुने योग छ ।
धनु – विगतका समस्या बल्झिन सक्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । सानातिना काम र घरेलु समस्या देखापर्न सक्छन् । तथपि, रोकिएको विशेष काम बन्नाले उत्साह जाग्ने देखिन्छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिने योग छ । प्रतिस्पर्धामा विजयी भइएला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । समयमा चिताएको काम सम्पादन नहुन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनतअनुसार फाइदा कमै होला । दाम्पत्यसुख बढ्नेछ । प्रेमभाव बढ्नुका साथै रसरागमा आकर्षण बढ्नेछ । सन्तानसुख रहला । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।
कुम्भ – कामको चापबाट पनि फुर्सद मिल्ने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आरोग्यबल बढ्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । प्रेमभाव वृद्धि भएपनि प्रेमी अथावा प्रेमिकासँग चिसोपन बढ्ने योग छ । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया